अत्तरिया- कैलालीको अत्तरियामा रहेको किसान कृषि सहकारी संस्था लि.को चौथो बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । अत्तरिया स्थित पतअञ्जलीको हलमा संस्थाकी अध्यक्ष कृष्णा भाटको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुदुरपश्चिम प्रदेशकी भुमिसुधार कृषि तथा सहकारी मन्त्री बिनिता चौधरी प्रमुख अतिथि रहनुभएको थियो । यस्तै कार्यक्रममा सुदुरपश्चिम प्रदेश सांसद चुनकुमारी चौधरी बिशिष्ट अतिथि रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै कृषि मन्त्री चौधरीले समाज गाउँ , समाज र देशको परिर्वतनमा सहकारीहरुको भुमिका महत्वपुर्ण रहेको बताइन् । उनले सहकारी संस्थाहरु देशको आमुल परिवर्तनको माध्यम र विकाशको खाकाँ कोर्न सफल रहेको बताइन् । देश संघियतामा गएपछि अहिले देशमा तिन तहको सरकार रहेको बताउदै मन्त्री चौधरीले हरेक प्रदेश र देशको समृद्धिका लागी सहकारीहरुको भुमिका महत्वपुर्ण हुने बताइन् । उनले सुदुरपश्चिम प्रदेशमा जुन उद्देश्यका सहकारीहरु स्थापना भएका छन् त्यहि उद्देश्यले अघि बढे प्रत्येक प्रदेशबासी सुखी र खुसी हुने बताइन् ।
सहकारीहरुले महिलाहरुको जिवनस्तर उकास्न टेवा पु¥याएको बताउदै उनले मन्त्रालयको तर्फबाट गर्न सकिने सबै सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरिन् । कार्यक्रममा बोल्दै विशिष्ट अतिथि प्रदेश सांसद चुनकुमारी चौधरीले सहकारी स्थापना गर्नु मात्रै ठुलो नभई त्यसलाई कसरी प्रभावकारी बनाइ शेयर सदस्यहरुलाई नाफा दिन सकिन्छ भन्ने तर्फ संचालकहरुले सोच्नुपर्ने बताइन् ।
उनले पछिल्लो समय सहकारीहरुमा महिलाको सहभागिता उत्साहजन पाइएकाले महिलाहरुलाई आत्मनिर्भर बनाई उनिहरुको जिवनस्तर माथी उकास्न सहकारीहरुले पनि महत्वपुर्ण भुमिका खेलेकोमा खुसी ब्यक्त गरिन् । उनले जसरी अहिले महिलाहरु आफ्नो चुलो चौकोलाई छोडेर समाजमा लगानी गरिरहेका छन् त्यसरी नै महिलाहरुलाई कुनै न कुनै किसिमबाट आत्मनिर्भर बन्न जरुरी रहेको बताइन् । अहिले सरकारले पनि महिलामुखी कार्यक्रमहरुलाई प्राथमिकता दिएको बताउदै सासंद चौधरीले आफ्नो तर्फवाट हुने जुनसुकै सहयोग गर्न तयार रहेको बताइन् ।
संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाकी प्रबन्धक सोना रोकायाले २०७२ साल साउन महिनामा २७ जना शेयर सदस्यहरुवाट स्थापना भएको उक्त सहकारीमा अहिले १४ सय जना शेयर सदस्यहरु रहेको बताइन् । उनले २७ जना शेयरसदस्यहरुको २७ लाख शेयर पुँजि र बिना निक्षेप पुँजी बाट सुरु भएको संस्थामा हाल ४२ लाख ४८ हजार ५ सय शेयरपुजि रहेको बताइन् ।
यसका साथै संस्थाको आर्थिक प्रतिवेदनमा आर्थिक वर्ष २०७५÷०७६ सम्म २ करोड ५ लाख २० हजार ३ सय ४४ रुपैया ३ पैसाको निक्षेप पुँजी रहेको छ भने ऋण र अन्य लगानी गरी कुल ४ करोड २४ लाख ९९ हजार २ सय ३१ रुपैया लगानी रहेको छ । हालसम्म संस्थाको शुद्व पुँजी १४ लाख ४३ हजार ६ सय १० रहेको छ । यसका साथै संस्थाले कृषि व्यवसायतर्फ केरा खेती, बाख्रा पालन, भैसी पालन, तरकारी खेती, धान खेती लगायत कार्यहरु पनि गर्दै आएको छ ।
प्रबन्धक रोकायाले किसान कृषि सहकारी संस्थाको मुख्य उध्ेश्य स्थानिय स्तरमा रहेका किसानहरुलाई कृषि तर्फ आर्कषित गर्दै कृषिवाट मनग्य आम्दानी गर्न सकिने बनाउने बताइन् । प्रबन्धक रोकायाले किसान कृषि सहकारी संस्था नाफा कमाउने उध्श्ेयले भन्दा पनि सहकारीमा आबद्ध रहेका सम्पुर्ण शेयर सदस्यहरुको पुजीलाई कृषि क्षेत्रमा लगानी गरी निम्न आयस्तर भएकाहरुको जिविको पार्जनमा सहजता ल्याउन स्थापना भएको बताइन् ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टि (नेकपा) का गोदावरी नगरकमिटि सचिव आनन्द भट्ट , कृषि उपज बेचबिखन केन्द्रका अध्यक्ष नन्दलाल भट्ट , युवा नेता मानबहादुर महरा र गणेश महराले शुभकामना मन्तब्य राखेका थिए । संस्थकी उपध्यक्ष उर्मिला बोगटीले स्वागतवाट सुरु भएको कार्यक्रमको संचालन सचिब मदन शर्माले गर्नुभएको थियो । कार्यक्रममा शेयर सदस्यहरुको बाक्लो उपश्तिथी रहेको थियो ।