कञ्चनपुर - नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेशको अध्यक्षमा कृष्ण बहादुर शाही निर्वाचित भएका छन् ।नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेशको प्रथम भेलाबाट अध्यक्षमा शाही चयन भएका हुन् ।
त्यस्तै , संगठनको उपाध्यक्ष झकर बहादुर रावत, श्याम सिंह धामी, महासचिव महादेव जोशी, सचिव अन ब थापा, मदन बहादुर खडका, कोषाध्यक्ष कविराज कठायत, सदस्य दिपसिह भण्डारी, दिपक सिंह कुँवर, रतनसिह बडाल, विष्णू प्रशाद जैसी, पूर्ण कुमार विष्ट, सन्दिप साउँद, सुरज परियार, अन्तराम जोशी, राम बहादुर थापा(मगर), कृष्ण बहादुर विष्ट, रुपक खडका, बिन्दुचन्द्र भण्डारी, रानुराम राना, धौले सार्की, राधाकृष्ण जोशी, नरेन्द्र प्रशाद ठगुन्ना, बालदान जोशी, बिनवाल साउँद रहेका छन ।
नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरका अध्यक्ष मान बहादुर चन्दले सहमतीय आधारमा प्रथम भेला भव्य रुपमा सम्पन्न गरेको बताइएको छ ।