एजेन्सी – यो वर्ष नेपालसहित दक्षिण र दक्षिण– पूर्व एसियाली मुलकुमा डेंगुले आतंक मच्चायो। नेपालमा त यसले महामारीको रुप नै लिएको छ । अहिलेसम्म ५ जना मानिसको ज्यान गएको छ भने हजारौँ प्रभावित भएका छन् । नेपालसहित फिलिपिन्स, भियतनाम, मलेसिया, म्यान्मार र कम्बोडियामा डेंगुका कारण भयावह स्थिति भएको छ ।
विशेषज्ञले यसका लागि तापमान र बचाउको पर्याप्त उपाय नहुनुलाई जिम्मेवार ठानेका छन् । डेंगुको महामारी बढिरहेका बेला वैज्ञानिकको एक समूहले लामखुट्टेबाट लाग्ने डेंगु सहितका रोगबाट जुध्नका लागि डेंगु प्रतिरोधी लामखुट्टेकै विकास गर्न सोध गरिरहेका छन् । यो लामखुट्टेबाट डेंगुसँग जुध्न सकिने विश्वास गरिएको छ । यसका लागि ९ देशमा परीक्षण पनि गरिएको छ ।
जसले राम्रो नतिजा दिएको छ । लामखुट्टेबाट लाग्ने रोगहरुसँग जुध्नका लागि वैज्ञानिकहरु वर्ल्ड मस्क्विटो प्रोग्राम (डब्ल्यूएमपी) अन्तर्गत काम गरिरहेका छन् । भाले र पोथी एडिज (डेंगु फैलाउने) लामखुट्टेलाई जंगलमा छोड्नु अघि रोग प्रतिरोधी ब्याक्टिरिया वोल्बाचियाबाट संक्रमित गरिने छ । केही सातामै बच्चा लामखुट्टेले वोल्बाचिया ब्याक्टिरिया सहित जन्म लिन्छ । जसले रोग प्रतिरोधकका रूपमा काम गर्छ ।
यसले केबल डेंगु मात्रै होइन, जाइका, चिकनगुनिया र औलो जस्ता रोगबाट बच्न सकिन्छ । पहिलो पटक उत्तरी अस्ट्रेलियामा यसको परीक्षण गरिएको छ । भियतनाममा डब्ल्युएमपीको प्रोजेक्ट प्रमुख गुएन बिन्ह गुयेनका अनुसार वोल्बाचिया ब्याक्टिरिया भएको लामखुट्टे छाडिएपछि डेंगुका विरामी धेरै घटेका छन् ।
डेढ लाख संक्रमित लामखुट्टे छाडियो
गुएनको टिमले दक्षिणी भियतनामको डेंगु पीडित जिल्ला विन्ह लुओङ्गमा करिब डेढ लाख वोल्बाचिया(संक्रमित लामखुट्टे छाडेका थिए । विन्ह लुओङ्गमा डेंगुको मामिलामा ८६ प्रतिशत कमी आएको छ । यस खोजलाई लिएर एक महिला आफ्ना लागि राहतको खबर भनेकी छन् । सन् २०१६ मा उनका दुवै बच्चालाई डेंगु भएको थियो । उनले अब आफू ७० देखि ८० प्रतिशत सुरक्षित रहेको बताइन् । दक्षिण– पूर्व एशियामा
डेंगुबाट १८ सयको मृत्यु
विश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार यस साल दक्षिण–पूर्व एशियामा डेंगुका करिब ६ लाख ७० हजार मामिला सार्वजनिक भएका छन् । जसमा १८ सयले त ज्यानै गुमाएका छन् । विशेषज्ञका अनुसार यो साल अवस्था एकदमै खराब थियो ।
डेंगुको एक मुख्य कारण उच्च गर्मी हो । विश्वभरमा जुलाई धेरै तातो रह्यो । लण्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका सहायक प्रोफेसर राचेल लोभेका अनुसार तातो मौसम डेंगुका लागि उपयुक्त मानिन्छ ।
१९२० मा वोल्बाचियाको खोज वैज्ञानिकहरुले सन् १९२० मा वोल्बाचिया ब्याक्टिरियाको हार्वर्ड युनिभर्सिटीका ड्रेनेज सिस्टममा रहने लामखुट्टे खोजेका थिए । सिंगापुर र मलेसियामा अहिले केबल भाले लामखुट्टेमा वोल्बाचिया ब्याक्टिरियाको प्रयोग गरिँदैछ ।