काठमाडौं - नेपाल प्रहरीमा रिक्त प्रहरी नायब महानिरीक्षक (डीआइजी)मा १७ एसएसपी बढुवा सिफारिस भएका छन् ।
गृह मन्त्रालयअन्तर्गत बढुवा सिफारिस समितिले बुधबार राति १७ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।हालका आईजीपी धिरजप्रताप सिंहले २०७९ चैतमा अवकाश पाएपछि अहिले बढुवामा परेकै ब्याचबाट एआईजी बन्ने प्रहरी अधिकारी आईजीपी बन्ने छन् ।
डीआईजी बढुवाका लागि सिफारिसमा पर्नेमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्तबहादुर कुँवर पहिलो र दोस्रो नम्बरमा प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत एसएसपी टेकप्रसाद राई छन् । राई एसएसपी हुँदा पनि सोही वरियतामा थिए ।
यसैगरी, तेस्रो नम्बरमा अशोक सिंह, चौथौ नम्बरमा दीपक थापा, पाँचौंमा श्यामलाल ज्ञवाली, छैटौंमा किरण बज्राचार्य, सातौंमा सन्दिप भण्डारी, आठौंमा सुदिप गिरी बढुवा सिफारिसमा परेका छन् । गिरी हाल काठमाडौं प्रहरी प्रमुख छन् ।
गृह मन्त्रालय बढुवा सिफारिस समितिको सिफारिसअनुसार नवौं नम्बरमा मिरा चौधरी, दसौंमा टेकबहादुर तामाङ, एघारौंमा उमेशराज जोशी छन् । जोशी उपत्यका ट्राफिक प्रहरी प्रमुख छन् ।
त्यस्तै, १२औं नम्बरमा भिमप्रसाद ढकाल, १३औंमा रामदत्त जोशी, १४औंमा पोषराज पोखरेल, १५औंमा बुद्धिराज गुरुङ, १६औंमा दुर्गा सिंह र १७औंमा किरण राणा बढुवा सिफारिसमा परेका छन् ।साभार राजधानी दैनिक