अत्तरिया -दुर्गालक्ष्मी माध्यामिक बिधालयको अभिभाबक भेलाको उदघाटन सत्र सम्पन्न भएको दुई साता बितिसक्दा पनि बिधालय ब्यबस्थापन समिती चयन हुन सकेको छैन । जेठ २८ गते शनिबार भेलाको उदघाटन भएको थियो । अभिभाबकको तर्फबाट ४ जना प्रतीनिधी चयन हुने ब्यबस्था भएपनी सहमती नहुँदा अहिले सम्म समिती चयन हुन सकेको छैन ।
समितीमा अभिभाबकको तर्फबाट पठाउने को नाम पार्टीहरुले भागबण्डा गर्दा समस्या भएको छ । मुख्य पार्टी कांग्रेस भित्र समितीमा पठाउनेको नाममा सहमती हुन सकेको छैन । कांग्रेस भित्रको सुरत कार्की (एसके ) पक्षले राजेन्द्र खडकालाई अभिभाबकको तर्फबाट समितीमा पठाउने चर्चा चलेको छ । तर उनको प्रस्ताबलाई बिगतमा सोही समुहमा रहेका नेता कार्यकर्ताहरुले मानेका छैनन । उनिहरु जसरी पनि खड्कालाई रोक्नु पर्ने पक्षमा रहेका छन ।
पूर्व मन्त्री दिर्घराज भाट देखी कांग्रेस पार्टीका क्षेत्रिय सभापती बसन्त रोकाया सम्मका नेताहरु नगरपालिकाको कोटाबाट युबा नेता गणेश शाहको नाम समितीमा पठाउने र शाहलाई नै समितीको अध्यक्ष बनाउने पक्षमा रहेको स्रोतको दाबी छ । कांग्रेस भित्रको यही असहमती ले समिती चयन प्रकृया अलमलमा परेको छ ।
समितीमा नाम पठाउने बिषयमा अन्य दल भित्र भने खासै समस्या नरहेको बुझिएको छ । अभिभाबकबाट जाने ४ जनाको टुँगो लागेपछि मात्रै नगरपालिकाबाट स्थानिय समाजसेबी, शिक्षा प्रेमी,चन्दा दाता मध्यबाट २ जनाको नाम सिफारिस गर्ने बुझिएको छ।
नगरपालिकाबाट एक महिला र एक पुरुषको नाम पठाइने छ । शिक्षकबाट १ जना र प्रधानाध्यापक १ जना सदस्य सचिब हुने ब्यबस्था रहेको छ । त्यस्तै १ जना वडा अध्यक्ष वा निजले सिफारिस गरेको प्रतिनिधी गरेर ९ जनाको समिती हुने छ । त्यसपछी सोही समितीले बिधालय ब्यबस्थापन समितीको अध्यक्ष चुन्ने कानुनी ब्यबस्था रहेको छ ।
मेयर भट्ट सन्तुलित
गोदावरी कांग्रेसमा मुख्य भूमिकामा रह्ने मेयर बिरेन्द्र भट्ट भने यस बिषयमा खासै बिबादमा पर्न चाहेका छैनन। उनले आफु मेयरमा निर्बाचित भएकाले आफुलाई यो बिषयमा बिबादमा नल्याउन स्थानिय नेताहरुलाई भनेका छन । यदपी शुरुमा उनले पनि खड्कालाई समितीमा पठाए आफुलाई खासै आपत्ती नहुने बताएको चर्चा रहेको छ । उनले समितीमा जाने अभिभाबकको तर्फबाट को नाम टुङो लागे मात्रै नगरपालिकाले नाम दिने बताउँदै आएका छन ।