बझाङ- सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार’ मूल नाराका साथ ५५ औं राष्ट्रिय बाल दिवस कार्यक्रम बझाङमा पनी बिभिन्न कार्यक्रम गरी मनाएका छन । बझाङका सबैजसो विद्यालयहरुले आ आफ्नो प्राङ्गडमा आ÷आफ्नै शैलीले कार्यक्रम गरेको गरेका छन ।
जिल्लको जयपृथ्वी नगरपालिका वडा न. १० चैनपुरमा रहेका नमुना निम्न माध्यामिक चैनपुमरमा पनी एक विशेष कार्यक्रम गरी मनाएको नमुना निम्न माध्यामिक बिध्यालय शिक्षक मान बहादुर रावले बताए रावलका अनुषार कार्यक्रममा बिद्यार्थी, शिक्षक, अभिभावकहरुको बिचमा हाजिरी जवाफ नाचगान,गरी विद्यार्थीका प्रतिभालाई उजागर गर्दै वाल दिवस कार्यक्रम मनाएका छन । जन्मपूर्व र जन्मिसकेपछि बालबालिकाको आधारभूत आवश्यकता एवं मौलिक हकको व्यवस्था हुनु नै बालअधिकार हो ।
ती अधिकार परिपूर्ति गर्ने दायित्व अभिभावक र वयस्क नागरिकको हो । त्यसका लागि आवश्यक कानुन बनाउने र वातावरण तयार गर्ने उत्तरदायित्व राज्यको हो । यही दायित्वलाई पुरा होस भनि बिध्यालयमा वाल कार्यक्रमलाई मनोरञ्जन एवम् अधिकार, कर्तब्य लगायतका कुरालाई परिपूर्तीका निम्ती बर्शेनी बाल दिवस मनाउदै आईरहेको बताए ।
यसैबिच नेपाल राष्ठिय प्राथमिक बिध्यालय मस्टा १ डुङ्गीमा पनी बिभिन्न कार्यक्रम गरी वालदिवस मनाएको छ । वालदिवसको अवसरमा हिसाव दौड मम्युजिकल चेयररेस भित्र वाहिर खेल ,अभिभावकहरुको चेयर रेस डेउडा प्रतियोगिता हाजिरीजवाफ लगाएत बिभिन्न कार्यक्रम गरी मनाएको नेपाल राष्टिय प्राथमिक बिध्यालयका प्रधानाध्यापक ममता कुमारी साहले बताए ।
कार्यक्रम प्रथम, दिदिय, तितिय हुनेलाई सम्मान सहित पुरस्कार बितरण गरीएको उत्त बिध्यालयकी प्रधानाध्यापक साहले बताउनुभयो ।साहका अनुषार वालवालीकाको मनोवल उच्च राख्न र वालवालीकाहरुको प्रतिभाहरुलाई उजागर गर्न वालदिवसको अवसरमा बिभिन्न कार्यक्रम राखेको बताए ।