अत्तरिया -दुर्गालक्ष्मी माध्यामिक बिधालयको अभिभाबक भेलाको उदघाटन सत्र सम्पन्न भएको एक साता बितिसक्दा पनि बिधालय ब्यबस्थापन समिती चयन हुन सकेको छैन । जेठ २८ गते शनिबार भेलाको उदघाटन भएको थियो । अभिभाबकको तर्फबाट ४ जना प्रतीनिधी चयन हुने ब्यबस्था भएपनी सहमती नहुँदा अहिले सम्म समिती चयन अन्योल नै बनेको छ ।
दलहरुका आ -आफ्ना रुचीका कारण चयन कार्य अन्योल बनेको हो । शुरुमा अभिभाबकको तर्फबाट समितीमा जाने ३१ जनाले रुची देखाएका थिए तर अहिले त्यो संख्या भने घटेको छ। दलगत रुपमा नै प्रतिनिधित्व नहुने भएपनी दल भित्रका नेताहरु आ -आफ्ना ब्यक्ती पठाउने होडबाजीले समिती चयनमा ढिलाई भएको हो । काँग्रेस निकट झण्डै आधा दर्जन ब्यक्तीहरुले समितीमा जान रस्साकस्सी गरिरहेका छन । उनिहरुलाई काँग्रेस कै नेताहरुले समितीमा पठाउन दबाब दिन थालेका छन ।
यस्तै एमालेबाट पनि ३ देखी ४ जनाले समितीमा जाने आकांक्षा राखेका छन । माओबादी, राप्रपा ,जनमोर्चाबाट पनि समितीमा जानेको संख्या उत्तिकै छ । अभिभाबकबाट जाने ४ जनाको टुँगो लागेपछि मात्रै नगरपालिकाबाट स्थानिय समाजसेबी, शिक्षा प्रेमी,चन्दा दाता मध्यबाट २ जनाको नाम सिफारिस गर्ने बुझिएको छ।
नगरपालिकाबाट एक महिला र एक पुरुषको नाम पठाइने छ । शिक्षकबाट १ जना र प्रधानाध्यापक १ जना सदस्य सचिब हुने ब्यबस्था रहेको छ । त्यस्तै १ जना वडा अध्यक्ष वा निजले सिफारिस गरेको प्रतिनिधी गरेर ९ जनाको समिती हुने छ । त्यसपछी सोही समितीले बिधालय ब्यबस्थापन समितीको अध्यक्ष चुन्ने कानुनी ब्यबस्था रहेको छ ।
अध्यक्ष को बन्ने भन्नेमा मुख्य लँडाई केन्द्रित
समितीको अध्यक्ष को बन्ने भन्नेमा मुख्य लँडाई केन्द्रित रहेको छ । समितीमा काँग्रेस निकट ब्यक्तीहरु कै बाहुल्यता हुने हुँदा काँग्रेस कै प्रतिनिधी अध्यक्ष बन्ने छन । काँग्रेस कै एक समुहले बिधालयका पूर्व शिक्षक राजेन्द्र खड्कालाई समितीमा पठाएर अध्यक्ष बनाउने लबिङ गरीरहेको छ । नगरपालिकाले काँग्रेस कै युबा नेता गणेश शाहलाई प्रतिनिधी बनाउने चर्चा पनि चलेको छ । त्यसपछि उनि पनि अध्यक्षको लागी स्वभाबिक दाबेदर रहने छन । बिधालय स्रोतका अनुसार काँग्रेस भित्रको आन्तरिक सन्तुलन नमिल्दा समिती चयनमा ढिलाई भएको हो ।