अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा न २ स्थित वनदेवि युवा क्लवको आयोजनामा बैसाख ६ गतेदेखि १५ गतेसम्म प्रथम 'BYC मेयर कप २०७६' हुने भएको छ । प्रतियोगिताको बारेमा बिहीवार गोदावरीमा पत्रकार सम्मेलन गरि आयोजकले जानकारि दिएको हो । प्रतियोगितालाई गोदावरी नगरपालिकाले सहयोग गरेको छ ।
प्रतियोगिताको अनुमानित लागत २० लाख १५ हजार २ रुपैया रहने क्लवका सह - सचिव रबिन्द्र बोहराले जानकारी दिए । प्रतियोगिताको विजेता टिमले नगद ३ लाख १ रुपैया सहित ट्रफी ,मेडल र प्रमाणपत्र पाउने छ । यस्तै उपविजेता हुने टिमले १ लाख ५० हजार १ रुपैया नगद सहित ट्रफि,मेडल र प्रमाणपत्र पाउने छ ।
त्यसैगरि प्रतियोगितामा उत्कृष्ट हुने खेलाडिले १५ हजार प्रप्त गर्नेछ भने प्रतियोगिताको उत्कृष्ट गोल किपर , डिफेन्डर, स्टईकर, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडिलाई जनहि १० , १० हजार प्रदान गरिने छ । साथै प्रतियोगिताका प्रत्येक खेलका म्यान अफ द म्याचलाई जनहि ३ हजार रुपैया प्रदान गरिने क्लवका उपाध्यक्ष प्रकाश शाहिले जानकारी दिए ।
प्रतियोगितामा कैलाली कंचनपुर सहित देशैभरका गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका टिमहरुले सहभागिता जनाउन पाउने छन् । प्रत्येक सहभागि हुने टिमहरुले आफ्नै पालिकाभित्रका अनिवार्य रुपमा ८ जना खेलाडि र ३ जना पालिका बाहिर वा विदेशि खेलाडि राख्न पाउने छन् ।
खेल एन्फा तथा फिफाको नियम अनुसार खेलाईने क्लवले जनाएको छ । गोदावरी नगरपालिकालाई फुटवलको शहरको रुपमा देशव्यापि परिचित गराउने , युवाहरुलाई खेलतर्फ उत्प्रेरित गराउने र राष्ट्यि तथा अन्र्तराष्ट्यि खेलाडि उत्पादन गर्ने उद्येश्य सहित प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाई छ । क्लवले यस अघि सुदुरपश्चिमकै सर्वाधिक धनराशि पुरुस्कार भएको बि वाई सि कप फुटवल प्रतियोगिता समेत सफलतापुर्वक सम्पन्न गरिसकेको छ ।