अत्तरिया - राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेश कार्य समितीको प्रथम अधिवेशन तथा वृहत सांस्कृतिक कार्यक्रम असोज १० र ११ गते हुने भएको छ । 'नव प्रतिभालाई प्रोत्साहन सष्टाको सम्मान, मौलिक लोक संकृतिको संरक्षणका लागी हाम्रो अभियान' भन्ने मुल नारराका साथ डोटीको सिलगडीमा प्रथम अधिवेशन तथा वृहत सांस्कृतिक कार्यक्रम हुने भएको हो ।
पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा पश्चिमा छाडा संस्कृति मौलाउँदै गएका कारण यस क्षेत्रको मौलिक संस्कृति तथा पहिचानको संरक्षणका लागी कार्यक्रम महत्वपुर्ण भुमिका निभाउने राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेश कार्य समितीका अध्यक्ष पदम बहादुर धामीले जानकारी दिए । सांस्कृतिक कार्यक्रमा नौ वटै जिल्लाका सांस्कृतिक झाँकीहरुको प्रर्दशनी हुने उनले बताए ।
कार्यक्रममा डोटीको हुडकेली नाच, बाजुराको भुवा नाच, बझाङको देउडा खेल, डडेल्धुराको चौलो नाच, बैतडीको छलिया नाच, दार्चुलाको न्याउन्या खेल, कैलालीको झुमरा नाच, कैलालीको सखिया र अछामको पुत्ला देखाईने छ ।
यो संगै लोक प्रिय गायक बद्रि पङ्गेनि, चन्द्र शर्मा, शंकर बि सि , राधिका हमाल,बिनोद बाजुरालि , अन्जलि अधिकारी लगायत ख्याति प्राप्त सुदुर पस्चिमेलि १०० जना भन्दा बढि चर्चित कलाकार हरुको पनि प्रस्तुति रहने प्रदेश सचिव दिर्घराज फुलाराले जानकारी दिए ।