धनगढी -कैलाली उधोग बाणिज्य संघको आगामी नेतृत्वका लागी पुस्पराज कुँवर नेत्रित्वले आफ्नो आफ्नो टिम सार्बजनिक गरेको छ । अधिकासं पुरानै अनुहारलाई समेटदै कुँवरले सोमबार टिम घोषणा गरेका हुन् ।
उनको टिममा बरिष्ट उपाध्यक्ष पुस्कर राज ओझा,एसोसिएट उपाध्यक्ष मनोज अग्रवाल,उधोग उपाध्यक्ष दिनेश राज लम्साल,बाणिज्य उपाध्यक्ष गगनराज केसी ,बस्तुगत उपाध्यक्ष लक्ष्मण राज पन्त,महासचिब ओम बहादुर बिष्ट,कोषाध्यक्ष भिमराज ओझा (अब्बु),सचिब शुरेश पाण्डे रहेका छन ।
यस्तै सदस्यहरुमा कबिन्द्र पन्त, कोपिला कुँवर, कृष्णा कुमारी बिस्ट, तिलक बहादुर बोहरा, प्रकाश कुमार चन्द, मिलन कुँवर, रबी कुँवर, राधिका चौधरी, रूपेश खड्का, लोकराज भट्ट, बिबेक शर्मा, शम्भु लामिछाने, श्यामराज जोशी, सन्तोष लामिछाने, सुरेन्द्र कुमार बोहरा, सुरेन्द्र बहादुर कड़ायत बाशुदेब भट्ट रहेका छन ।
३ बर्षे कार्यकाल सम्पन्न गरिसकेका कुँवरले कोरोना कहरका कारण काम गर्न नसकेको भन्दै दोहोरिने इच्छा राखेका हुन् । उनले बर्तमान कार्यसमितिको टिम लाइ नै निरन्तरता दिदै केही नयाँ अनुहार थपेका छन् । कुँवर टिमले ११ बुँदे प्रतिबद्धता समेत पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका छन्।
यस्ता छन प्रतिबद्धता :
१.ब्यवसायमा देखिएको अस्वस्थ प्रतिस्प्रधा अन्त्यका लागी पहल गर्ने ।
२.चर्को घरभाडाका सवालमा स्थानिय सरकारसंग समन्वय गरी त्रिपक्षिय सम्झौताको खाका तयार गर्न पैरवी गर्ने ।
३.राज्यका सरोकारवाला निकाय, कर, भन्सार, पुलिस प्रशासन र बित्तिय संस्थासंग मैत्रिपुण वातावरणका लागी कैलाली उधोग बाणिज्य संघमा अनलाइन हेल्प डेस्कको स्थापना गर्ने ।
४.साना ब्यवसायको शुरक्षा र प्रबद्र्धनका लागी स्थानिय सरकार र बित्तिय संस्था संग समन्वय र सहकार्य गर्ने ।
५.ब्यवसाय र ब्यवसायीलाई डिजिटल माध्यमबाट जोडी परामर्श दिन डिजिटल मञ्चको स्थापना गर्ने ।
६.मास ब्यवसायिक बिमाका लागी पहल तथा पैरवी गर्ने ।
७.दक्ष जनशक्तीका लागी जनशक्ती बैकंको स्थापना गर्ने ।