अत्तरिया – गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिंह साउँदले शरीरलाई स्वच्छ राख्नका लागि योग अति आवश्यक भएको बताएका छन । शनिबार अत्तरिया पतजंली योग समितिको तेस्रो बार्षिक साधारण सभाको उद्घाटन गर्दै नगरप्रमुख साउँदले योग मानव शरीर स्वच्छ राख्नका लागि प्रमुख साधन भएको बताए ।
उनले अहिले मानव सुबिधाभोगी भएकाले योगको महत्व झनै बढेको बताए । ‘पहिलेका मानिस धेरै हिन्ने, धेरै शारिरीक क्रियाकलाप गर्ने गर्दथे तर अहिले मानिस सुबिधाभोगी हुँदा सरिर झन बढी रोगी हुने भएकाले योग अति आवश्यक छ ।’ नगरप्रमुख साउँदले –‘अहिले पनि सिमित मानिस योगमा लाग्ने गरेका छन । आगामी दिनमा योगलाई अझै व्यपाक बनाउन आवश्यक छ ।’ उनले अहिले आधुनिक युगमा सबै कुरामा बिषादी भएकाले मानव जिवन अस्वच्छ हुन पुगेको बताए ।
उनले पुराना थुपै परम्परा र मान्यता राम्रा पनि भएकाले त्यसको सिको गर्न आवश्यक रहेको बताए । नगरप्रमुख साउँदले भने –‘पहिले महिनावारी हुँदा गहँुत खाने गर्दथे , खाना खाँदा पनि सफा धोती लागाएर खाने गर्दथे जुन स्वास्थ्य रहनका लागि राम्रा थिए ।’ उनले अहिले हरेक कुरा बिषादी युक्त भएकाले मानिसमा बिभिन्न रोग देखिने गरेको बताए । अहिले देखिएका बिभिन्न रोग पनि योगकै माद्यमबाट निको हुने भएकाले सबैले योग गर्न आवश्यक रहेको बताए ।
उनले गोदावरी नगरपालिकाले अत्तरियामा पक्कि योग हल निर्माणका लागि यसै आर्थिक बर्षमा २० देखि २५ लाख सम्म सहयोग गर्ने बताए । अहिले टिनको छाना भएको भवन हावाहुरीले कमजोर भएकाले समितिले भवन बनाउँन नगरपालिकामा गरेको आग्रह आफूले गम्भिरता पुर्वक लिएको र आफू योग भवनको निर्माणका लागि प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा अत्तरिया पतजंली योग समितिका अध्यक्ष दुर्गा प्रसाईले अहिले योगमा मानिसहरुको आकर्षण बढ्दै गएको बताए । उनले अत्तरिया पतजंली योग समितिले अहिले हरेक दिन बिहान साढे ४ बजे देखि योग गराउँदै आएकाले सबैलाई योग कार्यक्रममा सहभागी हुन आग्रह गरे ।
कार्यक्रममा गोदावरी नगरपालिका वडा नम्बर १ का अध्यक्ष शर्मानन्द भट्ट , गोदावरी नगरपालिका वडा नम्बर २ का अध्यक्ष कृष्ण राज जोशी , गोदावरी जेष्ठ नागरिक समाजका अध्यक्ष नन्द सिहं खड्का , प्रतिभा सामुदायीक पुस्तकालयका अध्यक्ष पुस्पराज जोशी , गोदावरी नगरपालिकाकी कार्यपालिका सदस्य ईश्वरा आचार्य , ब्रह्मकुमारी ईश्वरीय विश्व बिद्यालयकी प्रमुख संचालिका रविना दिदी लगायतले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा अत्तरिया पतजंली योग समितिको बार्षिक प्रगती प्रतिबेदन समितिकी उपाध्यक्ष सारदा निरौलाले प्रस्तुत गरिकि थिईन भने आर्थिक प्रगती प्रतिबेदन समितिकी कोषाध्यक्ष रुपा भट्टराईले प्रस्तुत गरेकी थिईन । कार्यक्रमको सञ्चालन समितिकी सचिव धना खनालले गरेकी थिईन ।
अत्तरियामा २०६३ साल देखि सुरु भएको योग कार्यक्रम २०६५ सालमा बैधानिकता पाउँदै २०७१ सालमा जिल्ला प्रसाशन कार्यलय कैलालीमा दर्ता भएको थियो । अत्तरिया पतजंली योग समितिमा अहिले ३ सय १४ जना योग सदस्य , ७४ जना आजीवन सदस्य र २ सय ५० जना साधारण सदस्य रहेका छन ।