धनगढी -संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले पर्यटन बर्ष २०२० सफल पार्न पर्ने सम्पुर्ण क्षेत्र लाग्नु पर्ने बताएका छन् । शनिबार धनगढीमा कैलाली उद्योग बाणिज्य संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले प्रयटन बर्षलाई लक्षित गरेर संघिय सरकारले सुदूरपश्चिमका सबै जिल्लाका बिमानस्थल सुचारु गर्नका लागि पहल गरिरहेको बताए ।
नेपाल भ्रमण बर्ष, २०२० मूल आयोजक समितिका संयोजक समेत रहेका मन्त्री भट्टराईले नेपाल भ्रमण बर्ष २०२० को अभियानलाई सफल बनाउन सुदूरपश्चिमा प्रयटन क्षेत्र संग सम्बन्धित सबै एक भएर लाग्नु पर्ने बताए । उनले कन्चनपुरको विमानस्थलको अद्ययनका लागि पनि एक साता भित्रमा नै प्राबिधिक टोलि आउने तयारीमा रहेको बताए ।
मन्त्री भट्टराइले शुदूरपश्चिममा हाल सञ्चालनमा रहेको धनगढी विमानस्थललाई पनि ठुलो जहाज अवतरण गर्ने गरी बिस्तार गर्ने काम अगाडी बढेको बताए । ‘ धनगढी बिमानस्थलको बिस्तारका लागि जग्गा अधिग्रहणको काम जारी रहेको छ,' मन्त्री भट्टराइले भने –‘ठुलो बिमान संचालनमा आएपछि बिमानस्थल वरपरका ठुला घरले समस्या पार्ने भएकाले अहिले देखि नै धनगढी उप महानगरपालिकाले बिमानस्थल क्षेत्रमा ठुला घर बन्न नदिन भुमिका खेल्नु पर्छ ।’
उनले अहिले काठमाण्डौ बाट धनगढी आउने बिदेशी प्रयटनका लागि भाडा पनि महङ्गो भएकाले भाडा घटाउनका लागि पनि पहल भईरहेको बताए । अहिले काठमाण्डौबाट धनगढी आउने बिदेशी पर्यटकले ३५ हजार भाडा तिनुपर्ने बाद्यता रहेको बताउँदै मन्त्री भट्टराइले यो एकदमै बढी भएको बताए । मन्त्री भट्टराइले सुदूरपश्चिम क्षेत्रको समग्र प्रयटन बिकासका लागि प्रदेश सरकारले ठोस योजना बनाउन आवश्यक रहेको बताए ।
‘प्रदेश सरकारले स्थानिय सरकारहरु संग समन्वय गरी कुन कुन क्षेत्रको बिकास गर्न सकिन्छ भन्ने बिसयमा ठोस योजना बनाएर कार्यान्वयमा ल्याउन आवश्यक रहेको छ ,’ मन्त्री भट्टराइले भने -'मन्त्रालयले आगामी दिनमा हरेक प्रदेशमा एक एक वटा नेपाल बायु सेवा निगमको जहाज राख्ने गरी काम अगाडी बढाएको छ ।' अन्तरक्रिया कार्यक्रममा कैलाली उद्योग बाणिज्य संघ, नाटा सुदुरपश्चिमले मन्त्री भट्टराई ज्ञापन पत्र बुझाएका थिए ।