बाजुरा - बडीमालिका नगरपालिकाका जनप्रतिनिधीलाई प्रेस चौतारी नेपाल जिल्ला शाखा बाजुराले बधाई तथा सम्मान गरेको छ । स्थानीय तहको निर्वाचन २०७९ मा निर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष सहितका जनप्रतिनिधीलाई औपचारिक कार्यक्रमकाबीच बधाई दिएको हो ।
प्रेस चौतारी बाजुरा शाखाले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधीलाई बधाई तथा सम्मान कार्यक्रमा नगर प्रमुख अमर खड्का र उपप्रमुख नन्दा थापालाई प्रेस चौतारी उपाध्यक्षद्धय मदन विक र कालिका उपाध्यायले मायाको चिनो प्रदान सहित बधाई ज्ञापन गरेका थिए ।
प्रेस चौतारी जिल्ला शाखाका संस्थापक र वर्तमान अध्यक्ष लगायत नवनिर्वाचित जनप्रतिनिधीलाई बधाई तथा सम्मान गरेको प्रेस चौतारी जिल्ला शाखा उपाध्यक्ष मदन विकले बताए । नगरपालिका नगर प्रमुख खड्का चौतारीमा लामो समयसम्म आवद्ध भएर काम गरेका थिए । नगर प्रमुख खड्का प्रेस चौतारी जिल्ला शाखा बाजुराका संस्थापक पनि हुन् ।
त्यस्तै, नगर उपप्रमुख थापा पनि प्रेस चौतारी जिल्ला शाखाको अध्यक्ष थिइन् । चौतारीमा रहेर नेकपा एमालेमा सक्रिय राजनीतिमा प्रवेश गरेकी थापा बडीमालिका नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएकी छन् ।बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का, उपप्रमुख नन्दा थापा, वडा नं.७ का वडाध्यक्ष धर्मराज पाध्याय चौतारीबाटै राजनीतिमा प्रवेश गरेर अहिले जनप्रतिनिधी छन् ।
बधाई कार्यक्रममा नगर प्रमुख खड्का, उपप्रमुख थापा, वडा नम्बर २ का वडाध्यक्ष डम्मर महत, वडा नम्बर ५ का वडाध्यक्ष धर्मपाल विक, वडा नम्बर ७ का वडाध्यक्ष धर्मराज पाध्याय, वडा नम्बर ८ का वडाध्यक्ष चन्द्र बहादुर थापा, वडा नम्बर ९ का वडाध्यक्ष सूर्यकिरण विक लगायतको सहभागीता थिए ।
नवनिर्वाचित जनप्रतिनिधीलाई प्रेस चौतारी केन्द्री सदस्य बसन्त विश्वकर्मा, प्रेस चौतारी नेपाल सुदूरपश्चिम अध्यक्ष कृष्ण ओली, सदस्य पदम सिंह, टेक बहादुर थापा र प्रेस चोतारी जिल्ला शाखा उपाध्यक्षद्धय मदन विक, कालिका उपाध्याय, कोषाध्यक्ष शुसिल रोकाया, सचिव रमित विक लगायत पदाधिकारीहरुले अविर सहित खादा लगाएर बधाई ज्ञापन गरेका छन् ।
बधाई कार्यक्रममा नगर प्रमुख अमर खड्काले स्थानीय तह निर्वाचनमा निर्वाचित गर्न संगठन र पत्रकारिता क्षेत्रबाट महत्वपुर्ण भूमिका खेलेकोमा धन्यवाद व्यक्त गरेका छन् । उनले आफूले मिडीयालाई बर्गिकरण गरेर सार्वजनिकहितका विज्ञापन र सूचना दिने व्यवस्था गर्ने बताएका छन् ।