अत्तरिया - ‘ दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी ’ भन्ने मुल नाराका साथ यहि चैत्र २० गते ६२ औं राष्ट्रिय सहकारी दिवस मनाइदैछ । दिवसको अबसरमा जिल्ला सहकारी संघ कैलालीले बिहीवारबाट सप्ताह ब्यापी कार्यक्रमहरु सुरु गरेको छ । कार्यक्रम अन्तरगत पहिलो दिन कैलालीको अत्तरियामा रहेको शारिरिक रुपमा अपाड्गता तथा अशक्त भएका बालबालिकाहरु अध्ययनरत सु.प समाबेशी आधारभुत बिधालयलाई खाध्यन्न वितरण गरिएको छ ।
जिल्लाभर रहेको बिभिन्न सहकारी संस्थाहरुको सहयोगमा बिधालयलाई खाध्यान्न सहयोग गरिएको हो । खाध्यन्न बितरण कार्यक्रमका संयोजक एबम् जिल्ला सहकारी संघ लि .कैलालीका सल्लाहाकार तुलसी देवकोटाको सभापतित्वमा आयोजित कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिंह साउद प्रमुख अतिथी रहनुभएको थियो । यस्तै कार्यक्रममा अत्तरिया उधोग बाणिज्य संघका महासचिब यज्ञराज जोशी बिशिष्ट अतिथी रहेका थिए ।
कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै कैलाली जिल्ला बहुउदेश्यिय सहकारी संघका सचिब डण्डीराज सुबेदीले यहि चैत्र २० गते मनाइने सहकारी दिवसको पुर्व सन्ध्यामा आजवाट सप्ताहाब्यापी कार्यक्रमहरु सुरु गरिएको बताए । सामाजिक उत्तरदायित्ब अन्तर्गत कैलाली जिल्ला भरि रहेको बिभिन्न सहकारीहरुको सहयोगमा हरेक दिन बिभिन्न कार्यक्रमहरु गरिने उनले बताए । उनले बिगतमा दिवस अबसर पारि नारा जुलुस , छलफल गोष्ठी मात्रै गरिने हुदा यस बर्ष केहि फरक गर्न खोजिएको बताए ।
कार्यक्रममा बोल्दै नगरप्रमुख साउदले सहकारीहरुले पछिल्लो समय गरिरहेका कामहरुको प्रशंसा गरे । उनले गोदावरी नगरपालिका सहित जिल्ला भरि बिभिन्न ठाउहरुमा छरिएर रहेका सहकारीहरुलाई नाफामुखी भन्दा पनि बढि भन्दा बढि सेवा मुखी हुन आग्रह गरे । बिभिन्न सहकारीहरुको सहयोगमा बिधालयमा अध्यनरत बालबालिकाहरुलाई केहि राहात होस भनेर चामल , दाल , नुन , तेल , मसला , सोडा लगाएतका खाध्यन्न सामगी्रहरु सहयोग गरिएको खाध्यन्न बितरण कार्यक्रमका संयोजक एबम् जिल्ला सहकारी संघ लि .कैलालीका सल्लाहाकार तुलसी देवकोटाले बताइन् । यसका साथै आबश्यक स्टेशनरी समानहरु खरिदका लागि नगद ३ हजार प्रदान गरिएको छ ।
बिश्वज्याति महिला विकास ब .उ सहकारी संस्था लि , जिवनज्योती महिला विकास ब .उ सहकारी संस्था लि , सृजनशिल महिला विकास ब .उ सहकारी संस्था लि , प्रगति महिला विकास ब .उ सहकारी संस्था लि , खप्तड ब .उ सहकारी संस्था लि , साना किसान कृषि सहकारी संस्था लि गेटा , अपि शैपाल बचत तथा ॠण सहकारी संस्था लि , मनाङ बचत तथा ॠण सहकारी संस्था लि. , सहजपुर कृषि सहकारी संस्था लि. चुरे , एकता बचत तथा ॠण सहकारी संस्था लि. ,निगाली कृषि सहकारी संस्था लि. चुरे , साना किसान कृषि सहकारी संस्था लि. मालाखेती , साना किसान कृषि सहकारी संस्था लि श्रिपुर , श्रमिक बचत तथा ॠण सहकारी संस्था लि. , बैजनाथ बचत तथा ॠण सहकारी संस्था लि., किसान कृषि सहकारी संस्था लि. र सुदुरपश्चिमाञ्चल ब.उ सहकारी संस्था धनगढी सहयोगी संस्थाहरु रुपमा रहेका थियो ।
समाजसेबी , बुद्धिजिवी , सम्पुर्ण सहकारी संस्थाका अध्यक्ष एबम् प्रतिनिधिहरु सहभागि रहेको सो कार्यक्रमको संञ्चाल सु.प समाबेशी बिधालयका संस्थापक मान बा. साउदले गरेका थिए ।