अत्तरिया - नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) ले सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । नेकपा सुदूरपश्चिम कमिटीको दुई दिन सम्म धनगढीमा बसेको बैठकले ८८ वटै स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लगाएको हो ।
जसमा कैलालीको गोदावरी नगरपालिकाको नगरकमिटिको अध्यक्षमा तत्कालिन माओबादीवाट गोकर्ण भट्ट र सचिबमा तत्कालिन एमालेवाट आनन्द भट्ट मनोनित भएका छन् ।
यस्तै धनगढी उपमहानगरपालिकाको नगर कमिटीको अध्यक्षमा सुदुरपश्चिम प्रदेश सभा सदस्य सुशिला बुढाथोकी , गौरिगंगा नगर कमिटीमा डिल्लीराम आचार्य बिष्नु , लम्कीचुहा नगर कमिटीमा महेन्द्र ढुङ्गाना , घोडाघोडी नगर कमिटीमा भिम बहादुर बम , चुरे गाउँ कमिटीमा दान बहादुर महरा, जानकी गाउँ कमिटीमा बप्पल राउत र जोशीपुर गाउँ कमिटीमा ओमराज बिनाडिलाई अध्यक्षको जिम्मेवारी दिइएको हो ।
धनगढीमा दुई दिन सम्म चलेको बैठकले अध्यक्ष र सचिवको टुङगो लगाएपछि आज बिहान मात्रै पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो । बैठकमा नेकपा सुदुरपश्चिम प्रदेशका इन्चार्ज भीम रावल, नेकपाका स्थायी समिति सदस्य लेखराज भट्ट, प्रदेश अध्यक्ष कर्ण बहादुर थापा , सह इन्चार्ज लक्ष्मी जोशी , खगराज भट्ट , भानुभक्त जैशी तथा सचिव नेप बहादुर चौधरीको सहभागिता रहेको थियो ।
कैलालीमा कुन स्थानिय तहमा को ?
१ धनगढी उपमहानगरपालिका अध्यक्ष शुसिला बुढाथोकी सचिब तिलक सिंह
२ गोदावरी नगरपालिका अध्यक्ष गोकर्ण भट्ट सचिब आनन्द भट्ट
३ टिकापुर नगरपालिका अध्यक्ष खडक शाह सचिब खडक साउद
४ भजनी नगरपालिका अध्यक्ष छोटेलाल चौधरी सचिब प्रदीप मल्ल
५ गौरीगङ्गा नगरपालिका अध्यक्ष डिल्लीराम आचार्य सचिब शान्ति सिंह
६ लम्की चुहा नगरपालिका अध्यक्ष महेन्द्र ढुङ्गाना सचिब लाल बहादुर कुमाल
७ चुरे गाउपालिका अध्यक्ष दान सिंह महरा सचीव कृष्ण सिंह साउद
८ महुन्याल गाउपालिका अध्यक्ष देबि दत्त उपाध्याय सचिब भुमी प्रसाद जैशी
९ कैलारी गाउपालिका अध्यक्ष बतासु चौधरी सचिब झुमादेबी चौधरी
१० बर्दगोरिया गाउपालिका अध्यक्ष राम बहादुर साउद सचिब टंक ओलि
११ घोडाघोडी नगरपालिका अध्यक्ष बाधु राम चौधरी सचिब खगेन्द्र हमाल
१२ जानकी गाउपालिका अध्यक्ष बप्पन रावत सचिब कृष्ण सोडारी
१३ जोशीपुर गाउपालिका अध्यक्ष ओमराज बिनाडी सचिब मान बहादुर चौधरी