धनगढी – सुदूरपश्चिम प्रदेशमा हालसम्म ३२ जनामा डेंगु र ४५ जनामा स्क्रव टाईफस देखिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले धनगढीमा डेंगुरोग व्यवस्थापन सम्वन्धी गरेको अन्तरक्रिया कार्यक्रम सो तथ्याङ्क प्रस्तुत गरिएको हो ।
जसमा सबैभन्दा बढी कैलालीमा १५ जनामा डेंगु देखिएको छ । त्यस्तै दार्चुलामा ८ , कन्चनपुरमा ६ , डोटीमा १ , अछाममा १ र बैतडीमा १ जनामा डेंगु फेला परको छ ।
स्क्रव टाईफस भने सबैभन्दा बढी डडेल्धुरामा फेला परेको छ । स्वास्थ्य निर्देशनालय डोटीको तथ्याङ्क अनुसार स्क्रव टाईफसका डडेल्धुरामा ४० , र कैलालीमा ५ जना फेला परेका छन ।
डेंगु संक्रमित ३२ र स्क्रव टाईफस संक्रमित ४५ जना मद्ये हालसम्म १ जना डेंगु सक्रमितको डोटीमा मृत्यु भएको र ५ जना डेंगु संक्रमित उपचार भईरहेको र बाकि सबै अस्पतालबाट डिस्चार्ज भईसकेको स्वास्थ्य निर्देशनालय डोटी तथ्याङ्कमा उल्लेख छ ।
सुदूरपश्चिम प्रदेश सरकारले धनगढीमा डेंगुरोग व्यवस्थापन सम्वन्धी गरेको अन्तरक्रिया कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक बिकासमन्त्री कृष्णराज सुवेदीले जलवायु परिवर्तन र जनचेतना अभावका कारण डेंगुको संक्रमण बढेकोे बताए । उनले महामारीका रुपमा फैलीन थालेको डेंगुको नियन्त्रणका लागि मन्त्रालयबाट सक्दो प्रयास भइरहेको बताए । यो रोगबाट बँच्न बिशेष सजगता अपनाउन मन्त्री दुवेदीले आग्रह गरे ।
कार्यक्रममा प्रदेश स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्किले प्रदेशमा ९ ओटै जिल्लामा डेंगु र स्क्रव टाईफस नियन्त्रणका लागि अभियान चलाइने बताए । उनले यसको नियन्त्रणका लागी बृहत सरसफाई कार्यक्रम,जनचेतना बिस्तार,र उपचारमा सहज पहँचका लागी बजेटको व्यवस्था गरिएकोे बताए ।