बझाङ - जिल्लाका १० स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। जिल्लाका १२ पालिकामध्ये १० पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको हो। जसअनुसार नेपाली काँग्रेस सबैभन्दा अगाडि रहेको छ। काँग्रेसले १० मध्ये ५ पालिकाको अध्यक्ष उपाध्यक्षमा विजयी हासिल गरेको हो।
दोस्रो स्थानमा रहेको नेकपा एमालेले ३ र तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रले २ स्थानीय तहमा प्रमुख जितेको छ। जिल्लामा अहिलेसम्म एकीकृत समाजवादीले भने खाता खोल्न सकेको छैन। बाँकी २ पालिकाको मतगणना जारी छ।
नेपाली काँग्रेस जितेका पालिकाहरूः-
१ .बझाङको जयपृथ्वी नगरपालिका– चेतराज बजाल
२.बझाङको खप्तडछान्ना गाउँपालिका– उत्तम रोकाया
३.बझाङको बित्थडचिर गाउँपालिका– अम्मरसिंह महर
४.बझाङको मष्टा गाउँपालिका– ज्ञानबहादुर बोहरा
५. बझाङको बुंगल नगरपालिका– जयबहादुर धामी
नेकपा एमाले जितेका पालिकाहरूः-
१.बझाङको तलकोट गाउँपालिका– कलकबहादुर रोकाया
२.बझाङको साइपाल गाउँपालिका– मानबहादुर बोहोरा
३.बझाङको थलारा गाउँपालिका– प्रकाश रोकाया
नेकपा माओवादी केन्द्र जितेका पालिकाहरूः-:
१.छबिसपाथिभेरा गाउँपालिका – बसन्त चलाउने
२.दुर्गाथली गाउँपालिका – दिलबहादुर थापा