अत्तरिया -गोदावरी नगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । बैशाख ३० गते सम्पन्न भएको स्थानिय निर्बाचनको मतगणना सोही दिन रातीबाट शुरु भएको हो । अहिलेसम्म १० वटा वडाको मतगणना सकिएको छ भने २ वडाको गणना जारी रहेको छ ।
अहिले वडा नम्बर ६ र ७ को मत गणना भईरहेको छ। अहिले सम्म नगरपालिकाका ७ वडामा नेपाली काँग्रेस बिजयी भएको छ भने २ वडामा नेकपा एमाले बिजयी भएको छ । १ वडामा भने स्वतन्त्र उम्मेदवार बिजयी भएका छन । २ वडाको मत गणना भने जारी रहेको छ ।
प्राप्त मत परिणाम अनुसार नेपाली काँग्रेसका मेयरका उम्मेदवार बिरेन्द्र भट्टले अहिले सम्म १४ हजार ४ सय ९३ मत प्राप्त गरेका छन भने एमाले मेयरका उम्मेदवार गोकर्ण भट्टले १० हजार १८३ मत पाएका छन ।
मतान्तर भने ४ हजार ३१० को रहेको छ । यस्तै उपमेयरमा भने एमाले ले फेरी अग्रता लिएको छ । प्राप्त मत परिणाम अनुसार एमालेका उम्मेदवार शारदा देबी रोकायाले ९ हजार ६१३ मत पाएकी छन भने गठबन्धनका उम्मेदवार रत्ना कडायतले ९ हजार ३६३ मत पाएकी छन ।
पछिल्लो मत परिणाम यस्तो रहेको छ :
मेयर (सुर्य)
वडा नम्बर १ बाट - १३९४
वडा नम्बर २ बाट - १०१२
वडा नम्बर ३ बाट -६५२
वडा नम्बर ४ बाट -१०२१
वडा नम्बर ५ बाट - ८१०
वडा नम्बर ६ बाट -११२४ (मतगणना जारी )
वडा नम्बर ८ बाट - १०४३
वडा नम्बर ९ बाट -९०२
वडा नम्बर १० बाट - १०४०
वडा नम्बर ११ बाट -४४७
वडा नम्बर १२ बाट - ७३८
जम्मा - १०१८३
मेयर (रुख)
वडा नम्बर १ बाट - १९७२
वडा नम्बर २ बाट - १५६०
वडा नम्बर ३ बाट - १७८२
वडा नम्बर ४ बाट - १६८४
वडा नम्बर ५ बाट - १२७०
वडा नम्बर ६ बाट -९९० (मतगणना जारी )
वडा नम्बर ८ बाट - १२८२
वडा नम्बर ९ बाट -१०३५
वडा नम्बर १० बाट - १४७८
वडा नम्बर ११ बाट -५७५
वडा नम्बर १२ बाट - ८६५
जम्मा - १४४९३
उपमेयरमा (सुर्य )
वडा नम्बर १ बाट - १२८८
वडा नम्बर २ बाट - ८५९
वडा नम्बर ३ बाट - ७२६
वडा नम्बर ४ बाट -७६०
वडा नम्बर ५ बाट -७७८
वडा नम्बर ६ बाट -१०६५(मतगणना जारी )
वडा नम्बर ८ बाट - ९९७
वडा नम्बर ९ बाट -८४८
वडा नम्बर १० बाट - १०९५
वडा नम्बर ११ बाट -४५२
वडा नम्बर १२ बाट - ७४५
जम्मा - ९६१३
उपमेयरमा (कलम )
वडा नम्बर १ बाट - ९७६
वडा नम्बर २ बाट - ९१४
वडा नम्बर ३ बाट - १२३४
वडा नम्बर ४ बाट - ९७०
वडा न्मबर ५ बाट -५७७
वडा नम्बर ६ बाट -६५४(मतगणना जारी )
वडा नम्बर ८ बाट -८६५
वडा नम्बर ९ बाट -६४६
वडा नम्बर १० बाट - ११२९
वडा नम्बर ११ बाट -७७५
वडा नम्बर १२ बाट - ५२३
जम्मा -९३६३