कञ्चनपुर- कञ्चनपुरको बेलौरी नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका पोतीलाल चौधरी निर्वाचित भएका छन । उनले ८ हजार ७ सय ८७ मत प्राप्त गरेको बेलौरीका निर्वाचन अधिकृत तारासिंह धामीले जानकारी दिए ।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका कुमारी कमला बोहराले ६ हजार ८ सय ३, नेपाली काँग्रेसका हरेन्द्र सिंह बिष्टले ६ हजार ३ सय १२, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदत्त जोशीले ७५४, राष्ट्रिय जनमोर्चाका रङ्ग बहादुर चौधरीले २०४ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका बुझौना चौधरी थारुले ५८ मत प्राप्त गरे।
त्यस्तै, बेलौरी नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेका जोगराम चौधरी निर्वाचित भएका छन । उनले ७ हजार ५ सय ८३ मत प्राप्त गरे भने प्रतिद्वन्द्वीहरू नेकपा माओवादी केन्द्रका मञ्जु शाहले ६ हजार ८ सय ३५, नेपाली काँग्रेसका खिना भण्डारीले ६ हजार ६ सय १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालमति वडायक रानाले ७८५, नेकपा एकीकृत समाजवादीका नन्द कुमार रानाले ७०९, राष्ट्रिय जनमोर्चाका लक्ष्मी देवी चौधरीले २०६ र जनता समाजवादी पार्टी नेपा पार्वती रानाले ५६ मत प्राप्त गरेका छन ।
नेकपा माओवादी केन्द्रबाट बेलौरी नगरपालिका वडा नम्बर १, ५, ८ र १० मा पुरै प्यानल तथा वडा नम्बर २ मा ४ जना सदस्यहरू निर्वाचित हुनु भएका छन । त्यस्तै, नेकपा एमालेबाट बेलौरी नगरपालिका वडा नम्बर ३ र ४ मा पुरै प्यानल, वडा नम्बर ६ मा वडा अध्यक्ष र ३ जना सदस्य तथा वडा नम्बर २ मा वडा अध्यक्ष निर्वाचित भएका छन । नेपाली काङ्ग्रेसबाट बेलौरी नगरपालिका वडा नम्बर ७ र ९ मा पुरै प्यानल तथा वडा नम्बर ६ मा एक जना सदस्य निर्वाचित भएको निर्वाचन अधिकृत धामीले बताए।