काठमाडौँ - राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबारको निर्वाचन शान्तिपूर्ण हुन नसकेको निष्कर्ष निकालेको छ । स्थानीय निर्वाचनको अनुगमनपछि आयोजित पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष तपबहादुर मगरले अनुगमनले अपेक्षाकृत रुपमा शान्तिपूर्ण हुन नसकेको बताए ।
आयोगले अध्यक्षसहितको सात वटा उच्चस्तीय सात वटा टोलीले अनुगमन गरेको थियो ।
आयोगले सप्तरी, काभ्रे, अछाम, कपिलवस्तु, दाङ जिल्लाको विभिन्न मतदान केन्द्रमा मतदान स्थगित गरिएको छ । बाजुरा, बझाङ, हुम्ला, जुम्ला, अछाम, कालिकोट, दोलखा, रामेछाप, काभ्रे, सप्तरी, सर्लाही, रौतहट, धनुषा,महोत्तरीसहितका जिल्लाहरूमा राजनीतिक दलका कार्यकर्ताहरुबीच झडप हुँदा केही व्यक्ति घाइते भएको र केही स्थानमा हवाई फायर हुँदा मतदान प्रभावित जनाएको छ ।