अत्तरिया - नेपाल सि.एम.ए संघको १६ औं स्थापना दिवस बुधवार देशभर बिबिध कार्यक्रमहरु गरि मनाइएको छ । नेपाल सि.एम.ए संघका देशभर रहेका शाखाहरुले बिबिध कार्यक्रमहरु गर्दै दिवस मनाइएको हो ।
यता दिवस अबसर पारेर कैलालीको अत्तरियामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल सि.एम.ए संघ केन्द्रिय संरक्षण समिती अत्तरियाले संघको आयोजनामा १६ औ बार्षिकोत्सब तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको थियो । नेपाल सिएमए संघ केन्द्रिय संरक्षण समितिका संयोजक गणेश बहादुर साउँदको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख हरी सिं साउँद प्रमुख अथिति रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै नगप्रमुख साउँदले सिएमएहरुले स्थानिय स्तरमा प्रदान गर्दै आइरहेको स्वास्थ्य सेवाले सर्वसाधारणलाई निकै सहजता भैरहेको बताए । उनले आफ्नो हक अधिकारहरुलाई सुनिश्चित गर्ने मान्यताले हिम्मतका साथ सिएमए अघि बढेरहेको र यसले सिएमएको उद्देश्यलाई एक दिन अबश्य पुरा हुनेमा आफुले विश्वास लिएको बताए । संघिय संरचना अनूरुप स्थानिय, प्रदेश र केन्द्र गरी तिन तहका सरकार बनेपनि तिनै तहका सरकारका स्वास्थ्य सम्बन्धि निति नबनेकोले केही चुनौती एवम् समस्याहरु रहेको उनले बताए । स्थानिय सरकारले स्वास्थ्यलाई अनुुसुची ८ मा राखी केही स्वास्थ्य शााखाहरु उपलब्ध गराएपनि प्रष्ट रुपमा नितीहरु नआईसकेको अवस्थाले गर्दा स्वास्थ्य सम्बन्धी कार्यहरु गर्न नसकेको उनको भनाई छ ।
उनले सहयोग सबैको छलफल , शुझाव र सल्लाहामा स्थानिय सरकारले सि.एम.एलाई हरदम सहयोग गर्न तयार रहेको बताए । कार्यक्रममा नेपाल सिएमए संघ केन्द्रिय संरक्षण समितिका संयोजक गणेश बहादुर साउँदले नेपाल सिएमए संघको बिधानलाई पुजा गर्दै केक काटेर सबैलाई स्थापना दिवसको शुभकामना दिए ।
कार्यक्रममा बोल्दै उनले दिन रात नभनी चौबिसै घण्टा सर्वसाधारणको सेवा सुबिधामा लागि रहेका सि.एम.एहरु जनताका सेवक रहेको बताए । उनले स्वास्थ्य क्षेत्रमा सबैभन्दा पहिला देखी नै सिएमएहरु जनताको सेवामा लागे पनि राज्यले दिनुपर्ने अधिकार अहिले सम्म नपाएको बताए । उनले जनताको स्वास्थ्य सेवामा समर्पित भई राज्य र जनताको पुल बनेर काम गर्ने सिएमएहरुको विरुद्वमा सरकारले गरेको कार्य निन्दनिय रहेको बताए । सरकारले सिएमएलाई सेवा सुबिधाका साथ काम गर्ने बाताबरण मिलाउनुपर्नेमा उल्टै सिएमएका हक अधिकारहरुलाई कुण्ठित पार्ने काम गरेकोमा दुख ब्यक्त गरे ।
'नेपालको ईतिहासमा सन १९६२ देखी नै सिएमएहरुले सेवा दिदै आएको छ' उनले भने -'सन १९७८ मा आएर मात्र एमबिबिएस डाक्टरहरुले सेवा दिइरहेका छन् , यो भन्दा अगाडी को थियो भनेर सरकारले एक चोटि सोच्नुपर्छ ।' सिएमएहरुले करिब ५६ वर्षदेखी सेवा दिदै आएको बताउदै केन्द्र सरकारले स्वास्थ्य क्षेत्रमा ल्याएको सिएमएको अवधारणा कार्यान्वयन नगरेकामा आफुहरुको ध्यानाकर्षण भएको बताए । केन्द्र र प्रदेश सरकारले सिएमएहरुलाई पाखा लगाएपनि स्थानिय सरकार गोदावरी नगरपालीकावाट भने सहयोग पाएको उनको भनाई थियो । सिएमएले स्वास्थ्य सेवा संगसंगै अन्य सामाजिक कार्यहरु पनि गर्दै आएको उनले बताए ।
'हामीले जनाताको स्वास्थ्य संगसंगै अन्य सेवामा पनि काम गर्ने गरेका छौ 'उनले - भने 'गत जेठ २३ गते साँझ आएको भिषण हावाहुरीले घर नै भत्काएपछि बिचल्लीमा रहेको २ वटा परिवारलाई नेपाल सिएमए संघले घर निर्माण गरी हस्तान्तरण गरेको छ ।' गोदावरी नगरपालीका वडा नं. ५ नहरटोलकी कौशीला देउकरको ३ कोठे घर र बरपाटाकी पुनम नेपालीको २ कोठे घर निर्माण गरी हस्तान्तरण गरिएको उनले बताए । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले सिएमएका क्षेत्रमा सरकारले कुनै चासो नदेखाएकाले त्यस तर्फ ध्यानाकर्षण भएको बताएका छन् ।
दुई जना पत्रकार सम्मानित
नेपाल सि.एम.ए संघको १६ औं स्थापना दिवसको अबसर पारेर अत्तरिया क्षेत्रमा कार्यरत दुई जना पत्रकारलाई सम्मान समेत गरिएको छ ।
पत्रकारिता मार्फत हरेक समय सिएमए संघलाई निरन्तर सहयोग गरेकोे भन्दै गोदावरी एफएमका समाचार प्रमुख हेमराज भट्ट र अत्तरियामा रहेको अग्नी पोष्ट दैनिकका अत्तरिया समाचार प्रमुख राजकुमार साउँदलाई सम्मान गरिएको हो । कार्यक्रमको सञ्चालन नेपाल सिएमए संघ केन्द्रिय कार्यसमितिका महासचिव लालबहादुर खड्काले गरेका थिए ।