अत्तरिया-गोदावरी नगरपालिकाका मेयर हरि सिं सावंद सधैं लो प्रोफाइलमा रहने मेयरको रुपमा परिचित छन् । उनको स्वभाब पनि आफ्नै खालको छ । कम बोल्ने ,अली अली अन्तरमुखी स्वभाबमा रमाउने उनको बानी हो । प्राय जसो मिटिङ कार्यक्रममा पनि उनी कम नै बोल्ने गरेको उनलाई नजिकबाट बुझ्नेहरुले बताऊछन । उनी गाडीबाट घर जान्छन अनी गाडीमा नै घर आउने गर्दछन् । सार्बजनिक स्थलमा स्थानिय सँग उनी निर्बाचित भए यता खासै बस्दैनन्।सार्बजनिक कार्यक्रममा पनि उनी धेरै लामो भाषण गर्दैनन् । बोलाएको ठाउँमा प्राय उनी जाने गर्दछन त्यँहा पनि उनी धेरै लामो गफगाफ गर्दैनन् ।
निर्बाचित भएयता आफ्नै पार्टीका पनि सबै नेताहरुलाई बोलाएर उनले छलफल खासै गरेका छैनन् । प्रतिपक्ष दलका केही नेताहरु सँग भने उनको रामो सम्बन्ध रहेको छ । बिकास निर्माणको कुरोमा उनको आफ्नो भिजन त छ तर त्यो ठोस् रुपमा नमुना नगरपालिका बनाउने कुनै योजना दुई बर्षे कार्यकालमा उनले देखाउन सकेका छैनन् । उनि नेकपाबाट निर्बाचित मेयर हुन गोदावरी कार्यपालिकामा नेकपाको नै बहुमत रहेको छ । उनको अधिकाँस कार्य सहयोगी योगेन्द्र सिं मार्फत नै हुने गर्दछ । नेपकाका प्रदेशका शिर्श नेताहरु सुदुरपश्चिम आउंदा पनि उनी स्वागतको लागी खासै एअरपोर्ट जाने गरेका छैनन् । तर सोही नगरपालिकाकी उपमेयर रत्ना कडायत भने प्राय ठुला नेता आउँदा हरेक पटक एअरपोर्ट पुग्ने गरेकी छिन् ।
नगरपालिकाका कर्मचारी सँग पनि मेयर साउँद समदुरीको सम्बन्ध राख्ने गर्दछन् । कर्मचारी सँग मिलेर नै काम गर्दा फाईदा हुने उनको बुझाई रहेको छ । कर्मचारीको सरुवा बढुवा लगाएतको बिषयमा उनी खासै चासो पनि राख्दैनन् । गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय प्रमुख खेमराज बिष्ट सँग उनको राम्रो सम्बन्ध रहेको कर्मचारीहरु बताउंछन् । बिष्ट पनि नगरपालिकाले सम्पादन गर्नुपर्ने अधिकाँस कार्यहरु मेयर सँग सल्लाह गरेर नै गर्ने गर्दछन् । कर्मचारीहरुले सेवाग्राहीलाई दिनुपर्ने सेवाको बारेमा दु:ख दिन नहुने बुझाई मेयर साउँदको भएपनी कडारुपमा भने उनी निर्देशन दिँदैनन् ।
तत्कालिन नेकापा एमाले हुँदा यसक्षेत्रमा सिनियर नेताको रुपमा रहेका साउँद मेयरमा निर्बाचित भएपछि आफ्नै पार्टीका नेताहरु सँग खासै समन्वय नगरेको समेत बेलाबेलामा आरोप लाग्ने गरेको छ ।नेकपाका एक नेताका अनुसार मेयर साउँदलाई पटक पटक पार्टीका नेता कार्यक्रर्ता सँग छलफल गरेर समन्वय गरेर अगाडी बढन सुझाब दिएपनी खासै त्यसो हुन सकेको छैन । उनले भने- 'मेयर साप पार्टीको पुरानो नेता हुन् तर स्वभाब यस्तै हो कसैलाई पनि नचिढ्याउने न रिसाउने रिजर्भ खाले नै हुन्।'
यसै प्रदेशबाट मन्त्री भएका सामाजिक बिकास मन्त्री कृष्णराज सुबेदी र मेयर साउँद तत्कालिन एमालेका समकालिन नेता हुन् । तर पनि दुई जनाको सम्बन्ध त्यती राम्रो नभएको सोही पार्टीका नेताको भनाई छ । नेकपाका एक नेताले भने दुबै जना नेकपा बाट नै निर्बाचित भएका हुन् तर काममा सहकार्य देखिएको छैन । नगरपालिकाले गर्नु पर्ने केही नयाँ ठुला योजनाका बिषयमा भने उनी संघिय सांसद लेखराज भट्ट सँग सुझाब सल्लाह लिने गर्दछन् तर अन्य जनप्रतिनिधीहरु जस्तै भने ठुला नेताहरुको मा धाईरहने उनको बानी छैन । मिडियाको सवालमा उनी एकदमै लो प्रोफाईलमा रहने गरेका छन् ।
आफुले गरेको कामको बारेमा समेत उनी मिडिया प्रपोकाण्डा गर्दैनन् । उनी आँफै पनि प्रचारमुखी काम नग्रर्ने पक्षमा देखिएका छन् । उनले गोदावरी न्युजकर्मी सँगको भेटमा भनेका थिए - काम गर्दै जाने हो प्रचार गर्ने आफ्नो बानी नै भएन ।अधिकाँस स्थानिय निकायका जनप्रतिनिधीहरु मिडियालाई बोलाएर नै आफ्नो कामको प्रचार गर्ने गरेका छन् । अझै कतिपय ठाउँमा नगरप्रमुखहरुले प्रेस सल्लाहाकार नै राखेर आफुले गरेका दैनिक कार्यहरुको बारेमा मिडियालाई खबर गर्ने गरेका छन् ।
तर मेयर साउँद भने आँफै फोन गरेर कुनै पनि पत्रकारलाई कार्यक्रममा बोलाउने गरेका छैनन् । कार्यलयमा आउने पत्रकार सँग भने उनले खुलेर छलफल अन्तरबार्ता दिने गरेका छन् । बरु नगरपालिकाकी उपप्रमुख रत्ना कडायत आफ्ना कार्यक्रममा पत्रकार बोलाएर भएपनी समाचार कभर गरिदिन अनुरोध गर्ने गर्दछिन् ।
मेयर साउँद नेकपाबाटै निर्बाचित भएपनी खासै धेरै पार्टीकै झुकाब राखेर काम गर्दैनन् भन्ने कुरा स्वय नेकपा कै नेताहरुको बुझाई रहेको छ । उनले आफ्नो दुई बर्षे कार्यकालमा खासै बिबादास्पद कुनै निर्णय पनि गरेका छैनन् र कार्यापालिकामा रहेको प्रतिपक्षहरुको ठुलै बिरोध खेप्नु पनि परेको छैन ।