कञ्चनपुरः शुक्लाफाँटा नगरपालिका–४ का रामदत्त भट्ट पेशाले मिठाइ बनाउने कारिगर हुन्। उनी होटेलमा विभिन्न प्रकारका मिठाइ बनाउने कार्य गर्छन्। यस कार्यबाटै भट्ट परिवारको खर्च चल्ने गरेको छ। हाल उहाँको दिनचर्या फेरिएको छ। बिहानीपख होटलमा काम गर्छन्। दिउँसो र साँझ स्थानीय तहको निर्वाचनमा प्रचारप्रसारको काममा व्यस्त हुन्छन्। “श्रम गरी जीविका चलाउने व्यक्तिको जीवतस्तर जस्तो पहिला थियो। अहिले पनि त्यस्तै छ। यसमा कुनै परिवर्तन आउनसकेको छैन” उनले भने, “श्रम गर्ने व्यक्तिको जीवनस्तरमाथि उठाउने एजेण्डासहित वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारका रुपमा उम्मेदवारी दिएर निर्वाचनको प्रचारप्रसारका हिँडेको छु।” गाउँका अधिकांश बासिन्दा श्रम गरेर जीविका चलाउने भएकाले सबैको भोट पाउनेमा विश्वस्त भएको उनी बताउँछन्।


नगरपालिकामा आदीवासी जनजाती डगौरा, चौधरी, राना थारु, दलित, ब्राम्हण, क्षेत्रीलगायतको बसोबास रहेको छ। थारु र पहाडी समीकरण जोडन सक्नेनै निर्वाचनमा विजय हुने भण्डारीको तर्क छ। क्षेत्रीयताको नारा निकै जोडतोडले उठेकाले सबै समीकरण मिलाउन सक्ने उम्मेदवार विजयी हुने उनी बताउँछन्। रासस