धनगढी – धनगढी उपमहानगरपालिकाका बिभिन्न स्थानबाट लागु औषध ओसार पसारमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको धनगढी उप महानगरपालिका वडा नम्बर १० जुगेडाबाट मगलबार २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनगढी उप महानगरपालिका वडा नम्बर ३ बोराडाडी बस्ने २६ बर्षिय राम राना र सोहि ठाउ बस्ने १८ बर्षिय सुनिल रानालाई पुगेडाबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ ।
उनीहरुलाई से ६ प ८०४६ नम्बरको मोटर साईकलमा भारतको सुडाबाट नेपाल आउदै गरेको अवस्थामा २ ग्राम ७ सय ५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुलार्य लागु औषध खैरो हिरोईन शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भई रहेको प्रहरीको भनाई छ ।
यस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित त्रिनगर भन्सार गेट अगाडीबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट से ३ प ९५१२ नम्बरको मोटर साईकलमा नेपाल आई रहेका बेला पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनगढी उप महानगरपालिका वडा नम्बर २ बस्ने २० बर्षिय नरेन्द्र बिष्ट, बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर ५ बस्ने १८ बर्षिय मनोज भन्डारीका र धनगढी नम्बर ३ बस्ने ३० बर्षिय सुमित अधिकारी रहेका छन ।
उनिहरुको साथबाट ४ ग्राम ९८ मिलिग्राम ब्राउन सुगर, स्पास्मोप्रोक्सिभन ६ ट्याब्लेट, निट्रभेट ५ ट्यावलेट, विनस्पास्म ६ ट्याबलेट, नाइट्राभेट ५ ट्याबलेट, डाइलेक्स १ सिसि, परभोरिन स्पास १० ट्यावलेट प्रहरीले बरामद गरेको छ ।