धनगढी – सुदूरपश्चिम प्रदेशमा संविधान दिवस मनाउन मुख्यमन्त्रीको संयोजकत्वमा प्रदेश मूल समारोह समिति गठन भएको छ । २०७६ सालको संबिधान दिवस मनाउन गठन भएको प्रदेश मूल समारोह समिति १५ सदस्यीय रहेको छ ।
यसैगरी संबिधान दिवसको अवसरमा प्रदेश सरकारले गर्ने बिभिन्न कार्यक्रम पनि सार्वजनिक गरिएको छ ।
जस अन्तरगत असोज २ गते सबै मन्त्रालय, निकाय, सरकारी कार्यालय, धनगढी उप महानगरपालिकाले आ–आफ्नो स्थानमा राष्ट्रिय झण्डा एवं व्यानर सजाई नगरको श्रृंगार र सरसफाई गर्ने, सबै कार्यालय र आम नागरिकले घरघरमा सरसफाई र दिपावली गर्ने , नेपालको संविधानका बिषयमा केन्दिय रही प्रदेश पत्रकार महासंघको समन्वयमा बिशेष परिसम्वाद , अन्तरक्रिया तथा छलफल कार्यक्रम गर्ने र साझ दिपावली गर्ने कार्यक्रम तय भएको छ ।
त्यस्तै दिवसको मुख्य दिन असोज ३ गते ट्राफिक चौराहा बाट बिहान ७ बजे ¥याली निकालिने र ¥याली कभर्ड हलमा पुगेर संबिधान दिवस कार्यक्रम आयोजना गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै असोज ३ गते साँझ पनि दिपावली गर्ने कार्यक्रम तय भएको छ ।
संबिधान दिवस अन्तरगत असोज ४ गते उद्योग , पर्यतन , वन तथा वातावरण मन्त्रालयको आयोजनामा सरकारी कार्यालको हाताभित्र र गोदावरीमा फलफूल लगायतका बिरुवा वृक्षारोपण गर्ने कार्यक्रम तय भएको छ ।
यसैबिच ३ दिन सम्म संचालन हुने कार्यक्रमका लागि उपसमितिहरु पनि गठन गरिएका छन । जसमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रदेश सचिवको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति , सामाजिक विकास मन्त्रालयका प्रदेश सचिवको संयोजकत्वमा प्रभातफेरी एवं झाकी व्यवस्थापन उपसमिति , मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रदेश सचिवको संयोजकत्वमा प्रचार प्रसार उपसमिति र उद्योग, प्रयटन वन तथा वातावरण मन्त्रालयका प्रदेश सचिवको संयोजकत्वमा फलफूल तथा वृृक्षारोपण उपसमिति गठन गरिएको छ ।