अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं ५ गेटामा निर्माणाधिन गेटा मेडिकल कलेजको भौतिक पुर्वाधार निर्माणको कामले तिब्रता पाएको छ । २०७७ सालबाट अध्ययन गर्ने गरी निर्माण सुरु गरिएको गेटा मेडिकल कलेजको भौतिक पुर्वाधार निर्माणको कामले तिब्रता पाएको हो ।
निर्धारित समयमै सक्ने गरी भौतिक पुर्वाधार निर्माणको काम भईरहेको गेटा मेडिकल कलेज पुर्वाधार निर्माण विकास समिति जनाएको छ । आर्थिक बर्ष २०७३÷७४ देखि बिभिन्न सात वटा प्याकेजमा निर्माण कार्य सुरु गरिएको मेडिकल कलेजको न्युनतम संरचना निर्माणको काम ८० प्रतिशत सम्पन्न भएको छ । आर्थिक बर्ष २०७३÷७४ देखि निर्माण कार्य सुरु गरिएको कलेजको २०७७ सालबाट अध्ययन कार्य सुरु गर्ने गरी भौतीक पुर्वाधार निर्माणको काम धमाधम भईरहेको गेटा मेडिकल कलेज पुर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक भिम बहादुर साउँद जानकारी दिए ।
लुम्वीनी रमण केएस जेभीसंग झण्डै २ बर्ष अगाडी ठेक्का सम्झौता भएको मेडिकल कलेजको न्युनतम संरचना निर्माणको काम ८० प्रतिशत पुरा भैसकेको कार्यकारी निर्देशक निर्देशक साउँदले बताए । तिन वटा प्याकेजमा गरेर निर्माण भैरहेको कलेजको भवनको भित्रि सबै काम पुरा भसकेको र अब थोरै काम मात्रै बाकिँ रहेको उनले बताए । २ बर्षको निर्माण अबधि रहेको कलेजको अस्पताल भवन निर्माणको काम पनि ७५ प्रतिशत सकिएको छ । ६ सय शैयाको रहने गरि कुमार श्रेष्ट निर्माण सेवाले २ वटा प्याकेजमा अस्पताल भवन निर्माणको काम गरिहेको कार्यकारी निर्देशक साउँदले बताए ।
गेटा मेडिकल कलेजमा हालसम्म साना ठूला गरी २७ वटा भौतिक संरचनाको निर्माण कार्य भइरहेको छ । तीन÷तीन सय गरी दुवै अस्पताल भवन ६ सय शैयाको रहेको छ । यस्तै कलेजको छात्रबास भवन निर्माणको जिम्मा पाएको लुम्वीनी रमण केएस जेभीले पनि अहिले ७० प्रतिशत जति भौतिक प्रगती गरीसकेको छ । यस्तै प्रशासनिक भवन , मेडिकल अफिसरहरुका क्बटरहरुको निर्माण तर्फ ४० प्रतिशत काम सम्पन्न भएको छ । यसैगरि अन्य मेडिकल कलेजलाई आवश्यक पर्ने शब घर , इलेक्ट्रिकल हाउस , सवारी साधानह पकिंङ स्थलको निर्माण कार्य पनि ४०÷४५ प्रतिशत पुरा भैसकेको निर्देशक साउँदले जानकारी दिए ।
अवको १ बर्षपछि एमविविएसको पढाई सञ्चालनमा ल्याउने उद्देश्य सहित सुरु भएको गेटा मेडिकल कलेजमा पुर्वाधार निर्माणको कामले तिव्रता पाएको उनले बताए । उनका अनुसार यसका लागि अझै १२ ,१३ महिना बाकि रहेकाले अहिले सम्मको प्रगति सन्तोषजन नै रहेको छ । सम्पुर्ण निर्माण ब्यवसायिहरुले सन्तोषजनक रुपमा काम गरिरहेको उनको भनाई छ । समग्र सुदुरपश्चिम प्रदेशको समृद्धि संग जोड्ने गरि कैलालीको गेटामा नेपाल सरकारले आर्थिक वर्ष २०६६ र ०६७ मा मेडिकल कलेज बनाउने घोषणा गरेको थियो । आवश्यक उपकरणसहित भौतिक न्यूनतम् पूर्वाधारको काम यसै बर्ष सक्ने गरि काम भैरहेको उनले बताए ।
आर्थिक वर्ष २०८०÷०८१ सम्म गेटा मेडिकल कलेजको आवश्यक सम्पूर्ण पूर्वाधार तयार हुने गुरुयोजना बनाइएको छ । हालसम्म मेडिकल कलेज सञ्चालनका लागि आवश्यक पर्ने न्यूनतम् पूर्वाधार मात्रै निर्माण भइरहेको छ । आवश्यकता अनुरुपका थप पूर्वाधारको विभिन्न समयमा निर्माण हुँदै जाने उनले बताए । मेडिकल कलेज सञ्चालनका लागि भने अहिले सम्म कानूनी जटिलता रहेको उनले बताए । कलेज संचालनका लागि शिक्षा मन्त्रालयले पनि कानुनी प्रकृया अघि बढाइसकेको उनले जानकारी दिए ।
‘यता तिर निर्धारित समययमै सम्पन्न गर्ने गरि काम भैहरेको छ, अहिले सम्म न्युनतम संरचना निर्माणको काम ८० प्रतिशत पुरा भैसक्यो’ उनले भने – ‘अब पढाईका लासग कानुनी जटिलता रहेको भएपनि शिक्षा , बिज्ञान तथा प्रबिधि मन्त्रालयले कलेज संचालनका लागि ढाचाँ बनाएर संघिय सदनमा बिधेयक पेश गरिसकेको छ ।’
यो बिधेयक पास हुने बित्तिकै मेडिकल कलेज सञ्चालनको प्रकृया अगाडी बढ्ने मेडिकल कलेज पुर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक साउँदले बताए । गेटा मेडिकल कलेज सञ्चालनमा आएमा प्रदेशको स्वास्थ्य क्षेत्रमा ठूलो टेवा पुग्ने प्रदेशबासीको अपेक्षा रहेको छ ।
हालसम्म एउटा पनि मेडिकल कलेज नहुँदा प्रदेशका जनताले स्वास्थ्य उपचारका लागि अन्य जिल्ला र बाहिर जानुपर्ने बाध्यता रहेको छ । गेटा मेडिकल सञ्चालन भएमा उपचारका लागि बाहिरा जानु पर्ने बाध्यताको अन्त्य हुने विश्वास लिइएको छ ।