अत्तरिया - नेपाली कांग्रेस क्षेत्र नं. ४ को क्षेत्रिय कार्य समितिले प्रदेश सभा क्षेत्रिय कार्यसमितिहरु गठन गरेको छ । नेपाली कांग्रेसको केन्द्रिय परिपत्र अनुसार आईतबार क्षेत्रिय सभापति दिनेशराज जोशीको सभापतित्वमा र जिल्ला कार्यसमितिका अध्यक्ष नरनारायण शाह (मनु) को प्रमुख आतिथ्यमा सम्पन्न बैठकले प्रदेश सभाका कार्यसमितिहरु गठन गरेको हो ।
राज्य पुर्नसंरचना अनुसार रिक्त तथा एकिकरण भएका वडा, गाउँपालीका, नगरपालीका, विधानसभा क्षेत्र, क्षेत्रीय कार्यसमिति सँगै प्रदेश स्तरिय कार्यसमिति निर्माण गर्ने केन्द्रिय निर्देशिका अनुसार केन्द्रिय कार्य समितिले कैलाली जिल्लामा तोकेका प्रतिनिधि हेमन्त पन्तको उपस्थीतिमा प्रदेश सभा क्षेत्रिय कार्यसमितिहरु गठन गरिएको छ ।
जस अन्तगर्त कैलाली जिल्लाको क्षेत्र नं. ४ मा रहेको २ वटा प्रदेश सभा अन्र्तगत प्रदेश सभा (क) मा वर्तमान क्षेत्रिय कार्य समितिका सचिव दल बहादुर साउँदको सभापतित्वमा समिति गठन गरिएको छ । यसको कोषाध्यक्षमा लक्ष्मी देवी जोशी, सह सचिवमा कृष्ण मल्ल, सह सचिवमै प्रेम बहादुर सुनार र सदस्यहरुमा पुरन कडायत, प्रकाश थापा, मदन बहादुर चोखाल, अमर सिँजापति, फुलकुमारी मल्ल र पदम कलेल रहेका छन ।
यसैगरी प्रदेश सभा (ख) मा वर्तमान क्षेत्रिय कार्यसमितिका उपसभापति खेम बहादुर साउँदको सभापतित्वमा समिति गठन गरिएको छ । यसको सचिवमा डम्बर सिँ पाली, कोषाध्यक्षमा रमेश ताम्राकार र सदस्यहरुमा जानकी पाठक, ईश्वरी रावल, भोजराज जोशी, कलाधर कडेल, यज्ञराज भट्ट, देवीलाल सापकोटा र शान्ती बि.क रहेका छन ।
केन्द्रिय निर्देशीकामा मौजुदा क्षेत्रिय कार्यसमितिका सदस्यहरु नै रहने गरी निर्वाचन स्तरिय प्रदेश सभा कार्य समितिहरु निर्माण गर्ने प्रावधान रहेको छ ।
बैठकमा जिल्ला प्रतिनिधि तथा उपसभापती प्रकाश बम, पुर्वराज्यमन्त्री दिर्धराज भाट, पुर्वसत्तापक्षका नेता एवम् महासमिति सदस्य हिरादत्त भट्ट, महासमिति सदस्य पदमराज भट्ट, खडक सिँ बडैला लगायतले मन्तव्य व्यक्त गरेका थिए ।