अत्तरिया - कैलालीको अत्तरियाको चोक मा स्व राजा महेन्द्र को सालिक अनाबरण भएको छ । स्थानीय युबाहरु ले समिति बनाएर साढे ६ फिट अग्लो सालिक निर्माण गरेका हुन ।
स्थानीय स्वतन्त्र युबाहरुले केही समय अधि हरिदत्त भट्टराई को अध्यक्षता मा कमिटी नै बनाएर सालिक निर्माण मा जुटेका थिए ।
चोकमा रहेको सालिक २०६२/६३ को जन आन्दोलन को क्रममा आन्दोलनकारीले तोडफोड गरेका थिए । सालिक चोक मा राखिएपछी स्थानीय ले खुसी ब्यक्त गरेका छन् ।
सामाजिक सन्जाल मा पनि उक्त कार्य को प्रंशशा हुन थालेका छन् । स्थानीय धेरैले उक्त फोटो पनि सामाजिक सन्जाल मा शेयर गरेका छन् ।
हिन्दु धर्म को पक्षमा जनमत
गोदावरी नगरपालिकामा जनप्रतिनिधि आएपछि पहिलो बैठकले सुदुरपश्चिम का किसान नेता भिमदत्त पन्त को सालिक चोक मा राख्ने निर्णय गरेको थियो । तर कार्यपालिका को बैठकमा एक मत हुन नसक्दा उक्त निर्णय कार्यान्वयन हुन सकेन । राजतन्त्र फालेर गणतन्त्र ल्याउन सकृय रहेका दलहरु नै अहिले सत्ता मा छन् ।
ब्यबस्था फेरिए पनि अवस्था उस्तै रहेको भन्दै नागरिकमा चरम निराशा रहेको बेला अहिले हिन्दु राज्य प्रती को आकर्षण बढदै गएको पाइन्छ ।
देश धर्म निरपेक्ष भएपनी बहुसंख्यक को माग अहिले पनि हिन्दु राष्ट्र नै हो । आज सालिक अनाबरण गर्दा पनि स्थानीय धार्मिक सँस्थाका प्रतिनिधिहरु को सहभागीता रहेको थियो ।
कार्यक्रममा सहभागीहरु ले पनि राजतन्त्र कै पक्षमा खुलेर नबोले पनी हिन्दु राष्ट्र को पक्षमा भने खुलेर नै आवाज उठाएका छन् ।