अत्तरिया -आसन्न निर्बाचनमा गोदावरीमा कांग्रेसको नेतृत्वमा गठबन्धन हुने सम्भाबना बढेको छ । जिल्ला र प्रदेश तहका नेताहरुको गठबन्धनमा काँग्रेसले गोदावरी छोडन नसक्ने संकेत गरेका छन् । गोदावरीमा एमाले बलियो पार्टी भएकाले एमालेलाई पराजित गर्न काँग्रेस बाहिर को गठबन्धनबाट नसकिने काँग्रेस निकट नेताहरुले बताएका छन् ।
कांग्रेस यो पटक एक्लै चुनाबमा गएपनी नगरपालिकाको मेयर /उपमेयर र अधिकाँस वडामा जित्ने नेताहरुको बुझाई रहेको छ । बरु गठबन्धन हुँदा काँग्रेसलाई घाटा हुनेमा नेताहरुको चिन्ता रहेको छ । त्यसैले पनि यँहाका धेरै नेताहरु गठबन्धनको बिपक्षमा रहेका छन् । यदपी काँग्रेस गोदावरी नगरसमितीले गठबन्धन गर्नुपर्ने वा नगर्नु पर्ने कुनै धारणा बाहिर ल्याएको छैन ।
२०७४ को स्थानिय निर्बाचन मा नेकमा एमाले बिजयी भएको थियो । काँग्रेस दोस्रो भएको थियो भने माओबादी केन्द्र तेस्रो भएको थियो । सत्तारुढ गठबन्धनबीच ‘२०७४ सालको स्थानीय निर्वाचनमा प्रमुख पदमा विजयी भएर हाल एकीकृत समाजवादीमा कायम रहेका जनप्रतिनिधिहरुलाई सोही पदमा उम्मेदवारी दिने’ सैद्धान्तिक सहमति भएको छ ।
सोही सहमती अनुसार समाजबादीले अब उपमेयर पाउने भएको छ । एमालेबाट नै निर्बाचित उपमेयर रत्ना कडायत अहिले समाजबादीमा छन् । यदपी समाजबादीले पनि गोदावरीमा दाबी गरेको छ ।
नेपाली काँग्रेस गोदावरीका नगर सभापती वीर बहादुर चोखालले गोदावरीमा गठबन्धन आबश्यक नरहेको बताए । 'गोदावरीमा सकभर काँग्रेस एक्लै चुनाव लड्नु पर्छ भन्ने नै हो । सबै वडामा हामी नै बलियो छौं त्यसैले पनि गठबन्धन आबश्यक छैन', उनले भने.' तर यदी गठबन्धन नै गर्नुपर्ने भएपनी काँग्रेस कै नेतृत्वमा हुनुपर्दछ भनेर हामीले जिल्ला र प्रदेशलाई भनेका छौं ।' उनले गठबन्धन नै गर्नुपर्ने भएपनी उपमेयर सम्म छोड्न सकिने बताए ।
नेपाली काँग्रेस कैलालीका सचिब निर्प सुनारले पनि कैलालीका कम्तिमा १० स्थानिय तहमा काँग्रेसको दाबी रहेको बताए । उनले गोदावरीमा प्रमुख पार्टी काँग्रेस नै भएकाले छोडन नसकिने जिकिर गरे ।
'अब आज केन्द्रमा पनि गठबन्धनका दलहरुको बैठक पनि छ। समाजबादीले एमालेको ठाउँमा दाबी गर्न खोजेको छ । तर गोदावरीमा अहिले उपमेयर समाजबादीमा छन् । उँहाहरुले दाबी गर्ने भनेको उपमेयर नै हो,'उनले भने ।
सचिब सुनारले धनगढी उपमहानगरपालिका गठबन्धन भित्र काँग्रेस को नेत्रित्वमा चुनाव लडने लगभग सर्बस्विकार्य नै भइसकेको दाबी गरे ।
काँग्रेस भित्र नै एकता होला त ?
गोदावरीमा काँग्रेस भित्रको आन्तरिक द्वन्ध पनि कम हुँदै गएको यँहाका स्थानिय नेताहरुले बताएका छन् । स्थानिय चुनाव सम्म पार्टी भित्रको एकता बलियो बनाउने गरी नेताहरु सम्बादमा रहेको बुझिएको छ ।
काँग्रेस नेता सुरत कार्कीले पार्टी एक हुनु राम्रो कुरा भएको बताए । 'अहिले अब गठबन्धन कै टुँगो लागेको छैन । कसले कहाँ के पाउने अनिश्चित छ । काँग्रेस नै गोदावरीमा नेतृत्व पाउने निश्चित भए मात्रै हाम्रो आन्तरिक छलफलको अर्थ हुने हो ', उनले भने ,' अहिले नै त्यस्तो पार्टी भित्र केही छलफल भएको छैन । जसले पार्टी भित्र जिम्मेवारी पाएका छन् उँहाहरुले पार्टी भित्र मिलाउने काम त हाम्रो हातमा त के छ र । ' गत स्थानिय निर्बाचनमा आन्तरिक कारणले नै पार्टीले हार ब्यहोर्नु परेको काँग्रेसको बुझाई रहेको छ ।