धनगढी - सुदुरपश्चिम मा पुर्बमाओवादीका प्रभावशाली नेताहरु पुनः माओवादीमा एकताबद्द हुन थालेका छन् ।
विप्लव निकट नेकपाका सुदुरपश्चिमप्रदेशका केन्द्रिय नेताहरू हेमराज भट्टराई "श्रवण", रामप्रसाद तिमिल्सिना "राप्ती", पुर्ब संविधान सभा सदस्य भगत बडुवाल "मुक्ति" , भरत बहादुर धानुक "पुकार", प्रेम वयक "पर्वत", रक्षा, हरिलाल थापा लगाएत माओवादीमा नै फर्किएका हुन ।
उनिहरुलाई माओवादी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका छन् । यस्तै हिजो मात्रै जसपा सुदुरपश्चिम प्रदेश का अध्यक्ष कृष्णकुमार चौधरी पनि माओवादी प्रबेश गरिसकेका छन् ।
नवप्रवेशीहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादी शक्तिहरुले जनयुद्दकालमा समेत माओवादीलाई घेराबन्दी गर्ने, भ्रम छर्ने र सिध्याउने रणनीति लिएको बताउँदै भने अहिले पनि प्रतिक्रियावादी शक्तिहरु त्यही रणनीति अन्तर्गत माओवादी आन्दोलनलाई क्षतविक्षत पार्न लागिपरेको बताए ।
पार्टीमा अन्तरविरोध भएपनि पार्टी विभाजन गल्ती भएको बताउँदै जनयुद्धकाे गौरव बोकेका सबै माओवादी र परिवर्तन चाहने सबै कम्युनिष्टबीच ध्रुवीकरणको आवश्यकता रहेकोमा जोड दिए ।
जनयुद्दकालदेखिका कतिपय प्रशंगको चर्चा गर्दै प्रचण्डले यो ध्रुवीकरणले ठूलो सन्देश दिएको बताउँदै समाजवादी क्रान्तिका लागि अघि बढ्न परिवर्तकामी सबै कम्युनिष्टहरु ध्रुबीकरण हुन अपील गरे ।