अत्तरिया - सुदूरपश्चिमेली नेपाली समाज समाज साइप्रसको आयोजनामा नेपालीहरुको नयाँ बर्ष २०७९ को अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाली मिति अनुसार २०७८ चैत २७ गते आइतबारको दिन साइप्रसको निकोसियाको सिता पार्कमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।
सुदूरपश्चिमेली नेपाली समाज साइप्रसका अध्यक्ष डम्मर बहादुर खड्काको सभापतित्व सम्पन्न भएको सो कार्यक्रममा गैरआवशिय नेपाली संघ साइप्रसकी महासचिव राधा पोखरेल थापा प्रमुख अथिती रहनुभएको थियो । यस्तै साइप्रसमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु कार्यक्रममा अथिती रहेको थिए । कार्यक्रममा सहभागीहरुलाई आयोजकले दोसल्ला ओडाएर सम्मान गरेको थियो ।
जन्मभूमि नेपाल भएपनि कर्म भूमि साइप्रसलाई बनाउदै बाहिर देशमा रहेको नेपालीहरु साझाँ संगठन सुदूरपश्चिमेली नेपाली समाज समाज साइप्रसमा आबद्ध भएकाहरुले नजिकिएको नयाँ बर्षको सबैले एक अर्कालाई शुभकामना दिदै रमाईलो गर्दै कार्यक्रम मनाएका हुन् ।
आफ्नो देशमा रोजगारीको अबसर नभएपछि बिदेशीन बाध्य रहेका नेपालीहरुका दुख सुख एक आपसमा बाड्नका लागि संस्थाको गरेको अध्यक्ष सुदूरपश्चिमेली नेपाली समाज साइप्रसका अध्यक्ष डम्मर बहादुर खड्काले बताए । उनले बिदेशमा रहेर पनि आफ्नो देशप्रतिको माया सधै अटुट रहेकाले पनि सबै एक ठाँउमा जम्मा हुदै रमाईलोका साथ नयाँ बर्षको स्वागत गरिएको उनले बताए ।
'हामी नेपालीहरु संसारको जुनसुकै कुनामा भए पनि आफ्नो राष्ट्रीयता र देशको संस्कृतीलाई आत्मसात गर्दै अगाडि बढ्नुपर्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरेका हौ उनले भने । '
सुदुरपश्चिमको कला संस्कृतीलाई जोगाउनुपर्ने र अगामी दिनहरुमा पनि हाम्रा मूल्य र मान्यताहरुलाई आत्मसात गर्दै यस्तै कार्यक्रम गरिरहने बताउदै उनले नयाँ बर्ष २०७९ को सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीलाई शुभकामना ब्यक्त गरेका छन् ।
सो कार्यक्रममा सहभागि अतिथीहरुले शुभकामना दिनुका साथै नृत्य पनि प्रस्तुत गरिएको थियो । सुप नेपाली समाजकि उपाध्यक्ष लक्ष्मी थापा जोशीले स्वागत मन्तब्य राखेको कार्यक्रमको संचालन सुदूरपश्चिमेली नेपाली समाज साइप्रसकी महासचिव रमिता चन्द रितुले गरेकी थिइन् ।