डडेलधुरा - महालक्ष्मीबिकास बैंक लि. डडेलधुरा शाखा द्धारा अजयमेरु गाउँपालिकामा अवस्थित श्री सहश्रलिंग उच्च मा.वि चमडालाई ह्वाईट बोर्ड तथा खानेपानी ट्यांकी हस्तान्तरण गरिएको छ ।

“सबल बैंक, सफल सहकार्य” को मूलनारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २७ वर्ष देखी नेपालअधिराज्य भरी १०३ शाखा तथा ३५ वटा ए.टी.एम मार्फत लगभग ६ लाख भन्दा माथि ग्राहकहरुमा अनवरत रुपले गुणस्तरीय वित्तिय सेवा प्रदान गर्दै आईरहेको छ । यस महालक्ष्मीबिकास बैंक लि.डडेलधुरा शाखाले अजयमेरु गाउँपालिका अवस्थित श्री सहश्रलिंग उच्च मा.वि चमडालाई ह्वाईट बोर्ड तथाखानेपानी ट्यांकी हस्तान्तरण गरेको छ ।
बिद्यार्थीहरुलाई पठन पाठनमा सहजकानिम्ति ७ थान ह्वाईट बोर्ड तथापिउने पानीको सहजताकानिम्ति १००० लिटर क्षमता भएको १ थानपानी ट्यांकी हस्तान्तरण गरेको छ ।
उक्त हस्तान्तरण कार्यक्रममा अजयमेरु गा.पा.का वडा नं.२ का वडा अध्यक्ष शिवराज भट्ट, बिद्यालय व्यवस्थान समितिका अध्यक्ष हरि कृष्ण पाल, विद्यालयका प्राचार्य रन बहादुर ऐर, शिक्षकहरु, विद्यार्थीहरु, राजनितिकदलका प्रतिनिधीहरु, अन्य विभिन्न संघ सस्थाका प्रतिनिधिहरु, स्थानीयहरु, प्रत्रकारहरु तथा बैकका कर्मचारीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा विद्यालयका तर्फबाट स्वागततथा सामाजिक कार्यका निम्ति बैंक परिवारलाइ धन्यवाद प्रकट तथा सम्मान पत्र प्रदान गरिएको थियो ।
अन्य वक्ताहरुले समेत यस सामाजिक कार्यका निम्ति प्रसंशा गरे , भने बैंककातर्फबाट महालक्ष्मीविकास बैंक लि. डडेल्धुरा शाखाका शाखा प्रबन्धक प्रकाश खड्काले बैंकको विभिन्न क्रियाकलापका बारेमा प्रकाश पारे ।
साथै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्दै जाने कुरा बताए ।