गर्या छलफल, आजै देखि भविष्यको गर्या छलफल ।
रोप्या गुना फल समयले दिन्छ, भोली रोप्या गुना फल ।
कैलाली - अत्तरिया गौरी शंकर टोलका आमाहरुले सामुहिक रुपमा यो भाका गाउँदै गर्दाको दृश्य अत्यन्तै मनमोहक र रमाइलो थियो। ओहो आमा सारै मिठो गरी गाउनु भयो त, काँ सुन्नुभयो यो गीतको शब्द रुु गाइरहेकै स्थानमा मैले वहाँहरुलाई सोधे।
रेडियोमा बजेकै त छ बाु, गाउनेमध्ये एक जना आमाले भन्नुभयो । त्यो गोदावरी एफएम बाट आउँदोछ नी नाटक, हो त्यैमा बज्दोछ । अर्को एक जनाले थप्नु भयो । मैले उत्साहित हुँदै सोधे, कुन नाटकरुु उत्तर आयो रोप्या गुना फल। त्यहाँ उपस्थित अरु पनि चारपाँचजना महिलाहरुले एकै स्वरमा भन्नु भयो रोप्या गुना फल। गौरीशंकर टोलका आमा समूहको कुरा सुनेर म र सहकर्मी अनन्त हेराहेर गर्दै मुसकुरायौँ ।
कैलालीको अत्तरियामा गत फागून १३ देखि २५ गतेसम्म सुदुरपश्चिम प्रादेशिक महोत्सब हुदैथियो। फागुन १७ गते चर्चित गायक चक्र वमको प्रस्तुती थियो। त्यही दिन शिवरात्री परेकोले सार्वजनिक विदा थियो।
चक्र वम सुदुरपश्चिमकै बासिन्दा हुन्। एकातिर चक्र बमको प्रस्तुती हुने अर्कोतिर विदाको दिन स्थानीयहरु बिशेषगरी युवायुवतीहरुले महोत्सवस्थल खचाखच थियो।
होहल्लाबीच मञ्चमा पुगेका चक्र वमका गीत सुन्दै नाच्न तयार दर्शकहरु शुरुमा एकछिन भने छक्कै परे। आफ्ना गीत गाउनुको सट्टा वमले त रोपेगुना फल रेडियो नाटकको शिर्षगीतका केही अंशलाई डोटेलीमा पो गाउन थाल्नु भयो ।
गर्या छलफल, आजै देखि भविष्यको गर्या छलफल ।
रोप्या गुना फल समयले दिन्छ, भोली रोप्या गुना फल ।
गायक चक्र बमले अत्तरिया महोत्सबमा उपस्थित दर्शकलाई सम्वोधन गर्दै गर्दा रेडियो नाटक रोपे गुना फल सुन्न प्रेरित गरिरहन्थे । यसो गर्नुको कारण बताउँदै बमले भने, बच्चा जन्माउने पो आमा त, हुर्काउने जिम्मा त आमाबाबुकै बराबरी हुनुपर्छ।
एउटा पुरुष अभिभावकले बच्चा हुर्काउन उसकी श्रीमतीसँगै काम गर्नुपर्छ जस्ता कुराहरु रोचक ढंगले सिकाउने भएकोले र परम्परागत शैलीमा बालबच्चा हुर्काउने तरिकामा सुधार गर्ने खालका सन्देशहरु नाटकमा भएकोले यसलाई सुन्ने गरेको छु ।
साथै नाटकले बालविवाह तथा किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्यका बारेमा समेत उपयोगी खुराक दिने भएकोले सबैले सुनुन भनेर मैले यहाँ नाटकको चर्चा गरेको हुँ ।ु
मेला हेर्न आएका किशोरकिशोरीहरु चक्र वमको फोटो सहितको व्यानरमा उभिएर उनीसँग फोटो खिचिरहँदा पनि वमले नाटक सुन्न उत्प्रेरित गरिरहेका थिए।
अत्तरियाकै गोदावरी एफएमबाट पनि प्रशारण हुने भएकोले महोत्सव सञ्चालकले समेत रोपेगुना फलको नाम तथा बिभिन्न प्रचारात्मक सामग्रीहरु बीचबीचमा महोत्सवका बिभिन्न कार्यक्रमकोबीचमा सुनाइरहेका थिए ।
सुदुरपश्चिम महोत्सव दुई हप्ता बढी चल्यो । आयोजकका अनुसार ६५ हजार दर्शक महोत्सवमा पुगे। उनीहरुमध्ये धेरैले रेडियोबाट सुनेको नाटक रोपेगुना फलको बारेमा महोत्सवमा समेत चर्चा सुने । त्यही महोत्सवमा आएका स्थानीय टेम्पो चालकहरु भोलिपल्टदेखि रोपेगुना फल लेखिएको प्रचार सामग्री आफ्नो अटोमा राखेर अत्तरियाको सडकमा कुदिरहेका थिएँ । केही चालकले पहिलेदेखि नै नाटक सुन्ने गरेको बताए ।
रोपेगुना फल एन्टेना फउनडेसन नेपालले उत्पादन गरेको धारावाहिक रेडियो नाटक हो। यो रेडियो नाटक अभिभावक शिक्षा बिषयमा केन्द्रित रहेको छ । साथै यसमा बालविवाह बिरुद्ध खबरदारी गरिन्छ । किशोरकिशोरीको प्रजनन स्वास्थ्यका बारेमा चर्चा गरिन्छ ।
बिभिन्न तीनवटा मुल कथासार भएको यो नाटक पहिलो चरणमा नेपाली बाहेक मैथिली र भोजपुरी भाषामा ुचोँचाको खोँताु नाममा समेत उत्पादन र प्रशारण भएको थियो । अहिले भने यो नेपाली भाषामा मात्र तयार हुन्छ । रेडियो नेपाल सहित देशभरका १२५ भन्दा बढी रेडियोबाट यसको प्रशारण हुन्छ ।
रेडियो बाहेक रोपेगुना फल हाम्रो पात्रो मोवाइल एपमा सुन्न सकिन्छ । साथै एन्टेना फाउन्डेसन नेपालको फेसबुक र वेवसाइटमा उपलब्ध छ ।अनि नेपाल टेलिकमको सूचनाको संसार निशुल्क नम्बर ३२१०० मा जुनसुकै बेला फोन गरेर अफलाइन समेत सुन्न सकिन्छ ।

रेडियो नाटकमा अहिले साप्ताहिक रुपमा १० हजारभन्दा बढी एसएमएस र फोन कलहरु प्राप्त हुन्छन् । फोन तथा एसएमएसमा बिशेषगरी किशोरकिशोरीहरु वालविवाह र प्रजनन स्वास्थ्यका बिषयमा चासो राख्छन् । असल अभिभावकको रुपमा बच्चा हुर्काउने सीप सिक्नलाई नाटकले सहयोग गरेको कुरा बताउँछन् ।
आइभिआर सिष्टममा आफ्नो आवाज रेकर्ड गराउँदै धरानबाट वीनिता सतार भन्छिन्, ुरोपेगुना फल नाटक म नियमित सुन्ने गर्छु । मलाई रोपे गुना फल धेरै मन पर्छ । एउटा अभिभावकले निभाउनु पर्ने दायित्व र जिम्मेबारी, किशोर अवस्थाका सम्पूर्ण पक्षहरुको बारेमा थाह पाउन सकिन्छ । अंक एक भन्दा अंक दुई राम्रो, अंक दुई भन्दा अंक तीन सबै अंकहरु राम्रो भइरहेको छ र म अझै पनि कथामा राम्रो राम्रो मोडहरु आयोस भन्ने चाहन्छु।
त्यसैगरी आइभिआरमा आवाज रेकर्ड गराउँदै रोपे नवलपरासीबाट सौगात वाग्ले लेख्नुहुन्छ, ुरोपेगुना फलले बालबालिका र अभिभावक शिक्षाका साथै किशोरकिशोरीहरुको समस्या पनि उठाइएको छ जसले गर्दा किशोरकिशोरीहरु पनि लाभान्वित हुन्छन् । मलाई आशा छ नाटकमा थप भागहरुले यी विषयहरुलाई व्यवहारिक रुपमा अगाडी बढाउने छ ।
नाटक तयार पारिने सवालमा सुन्ने श्रोताहरुका यि र यस्तै चासो र सरोकार समेटेर एन्टेना फाउण्डेशन नेपालले सातामा दुई चोटी नेपाल चौतारी नामक रेडियो टक सो समेत उत्पादन गर्छ । टक सो ब्रोडकाष्टिङ एशोसिएसन अफ नेपाल वान मार्फत त्यसका सदस्य रेडियोहरुबाट प्रशारण हुन्छ ।
कैलालीको अत्तरीयामा रहेको गौरी शंकर आमा समूहमाजस्तै रेडियो सुनेर थप छलफल गर्नका लागि लुम्बीनी, कर्णाली र सुदुरपश्चिम प्रदेश केन्द्रित २ हजार बढी किशोरकिशोरी तथा समुदायमा आधारित समूहहरु जोडिएका छन्। स्थानीय विद्यालहरुमा नाटकको बारेमा चर्चा हुने गरेको छ ।
समूहमा रेडियो सुन्ने किशोरी समूह, बाके सृष्टि चन्द ठकुरी भन्नुहुन्छ, ुरेडियो नाटक रोपे गुना फल धेरै राम्रो र समय सान्दर्भिक छ। नाटकमा उठाइएको बिषय व्यायामशालामा जीम गर्दा महिलापात्र उपमाले पुरुषहरुले नराम्रो नजरले हेर्छन्। वास्तविक रुपमा पनि जीम क्लबमा अझैपनि महिलाहरुलाई स्वतन्त्रपूर्वक जाने वातावरण छैन । दुई पुरुषले उपमाको नराम्रो कुरा गरेको दृश्यले हाम्रो समाजको पुरुषको सोच झल्काउँछ । नाटकले यस्ता सोचलाई भत्काउन मद्दत गरेको छ ।ु
त्यसैगरी दाङको एक बिद्यालयका शिक्षक भन्नुहुन्छ, ुधेरै बालबालिकाहरु कम उमेरमै विवाह गरिरहेका छन् । जसले गर्दा उनीहरुको पढाइ पनि बिचमै रोकिन्छ । नाटकले वालविवाहको विषय पनि उठाएको भएर कम उमेरमा विवाह गर्दा हुने बेफाइदाहरुको बारेमा नाटकले राम्रो संदेश दिएको छ ।ु
रुपेश कुमार मण्डल
कार्यक्रम निर्माता
एन्टेना फाउन्डेसन नेपाल