अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नं २ तेघरी घर भएका युवा समाजसेवी कृष्णराज ओझा सक्रिय राजनितिमा अघि सरेका छन् । नेपाली कांग्रेसका कृयशिल सदस्य रहेका ओझाले वडा नं २ मा पहिलो पटक वडा सदस्य पदका लागि चुनाबमा होमिने भएका छन् ।
उनले आसन्न बैशाख ३० गते हुन लागेको स्थानिय तहको निर्वाचनमा वडा नं २ मा नेपाली कांग्रेसवाट वडा सदस्य पदमा आफ्नो उम्मेदवारी दिएका छन् । उनले हिजो मात्रै आफ्नो उम्मेदवारी वडा कार्यसमितिलाई बुझाएका हुन् ।
लामो समयदेखी सामाजिक कार्यमा आबद्ध रहेका ओझाले कोरोना महामारीको बेला अत्तरियामा रहेको सामाजिक संस्था थ्रिडिभिएल क्रियशनका तर्फवाट कोरोना पिडितहरुका लागि महत्वपूर्ण सहयोग गरेका थिए । उनले आफुले सामाजिक कार्य गर्दै आउदाँ अब जनप्रतिनिधि भएर जनताको सेवा गर्ने इच्छा जाहेर गरेका छन् ।
कक्षा ८ मा पढ्दा देखी नै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको यात्रा सुरु गरि कक्षा १० मा विद्यार्थी संयोजक नेपाल विद्यार्थी संघको कक्षा ११÷१२ मा ग्वाशी उच्च मा बि को ब्यवस्थापन सन्काय मुल कमिटीमा रहि उनले बिधार्थी जिवनमा थुप्रै कार्यहरु गरेका छन् ।
उनले कांग्रेसको भरखरै सम्पन्न अधिवेशनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका कांग्रेसका नेताहरु बताउँदछन् । उनले आफुलाई पार्टीले वडा सदस्यका रुपमा जनता माझँ पठाय चुनाब जित्ने निश्चित जस्तै रहेको प्रतिकृया दिएका छन् ।
अहिले नेपाली कांग्रेस वडा कार्यसमितिले आँकाक्षीहरुको नाम माग्न शुरु गरेको छ । हिजो पहिलो दिन वडा अध्यक्षको लागी १ जना र सदस्यको लागी ५ जनाको नाम आएको वडा समितीका सचिब लक्ष्मण बिकले बताए ।
काँग्रेस केन्द्रको सर्कुलर अनुसार आँकाक्षीले २३ गते साँझ ५ बजे सम्म वडा समितीमा उम्मेदवारीको दाबी पेश गरिसक्नु पर्ने उनले बताए । उनले सकभर वडा मै सर्बसम्मतीबाट नाम को टुङो लगाउने नसकिए नगरमा नाम पठाइने बताए ।
आँकाक्षी उम्मेदवारबाट उठेको रकम पार्टी कै काममा खर्चिने उनको जिकिर छ । अध्यक्षमा उम्मेदवार बन्न चाहानेका लागी ८ हजार र वडा सदस्यको हकमा रु ४ हजार तिर्नुपर्ने नियम वडा कार्यसमितिले बनाएको छ ।