अत्तरिया - कैलालीको गोदावरी नगरपालिकामा यही चैत्र २३ गतेवाट टाईफाईड रोग बिरुद्धको औषधी खुवाइने भएको छ ।
टाईफाईड रोग बिरुद्धको औषधी सेवनको देशब्यापी अभियान अन्र्तगत गोदावरी नगरपालिका भित्र रहेका १५ महिना देखी १५ बर्ष मुनिका बालबालिकाहरुलाई औषधी खुवाइने भएको हो ।
उक्त अभियान गोदावरीमा २३ गतेदेखी २७ गते सम्म औषधी खुवाइने कार्यक्रम रहेको गोदावरी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिका भित्र रहेका निजि तथा संस्थागत बिधालयहरुमा केन्द्र राखेर औषधी खुवाउने तयारी भैरहेको स्वास्थ्य शाखामा कार्यरत सिनियर अहेब विर बहादुर कुंवरले जानकारी दिए ।
उनका अनुसार नगरपालिका भित्र ९३ वटा सरकारी र निजि बिधालय रहेकाले सोही बिधालयहरुलाई केन्द्र राखेर बालबालिकाहरुलाई औषधी खुवाइने छ । नगरपालिका भित्रका १५ महिना देखी १५ बर्ष मुनिका ३० हजार बढी बालबालिकाहरुलाई औषधी खुवाउने लक्ष्य रहेको छ । यसका लागि २ सय ६८ जना स्वास्थ्यकर्मीहरु खटिने छन् ।
१५ बर्ष मुनिका बालकालिकाहरुमा टाईफाईड रोगको प्रकोप बढी देखा परेकाले उनीहरुलाई औषधी खुवाउनु परेको सिनियर अहेब कुंवरले बताए । १५ बर्ष मुनिका बालबालिकाहरु आफैमा परिपक्क भएका हुदैनन् , सरसफाईमा ध्यान नदिई लापरबाही गर्दा टाईफाईडको प्रकोप बढी देखा पर्ने गरेको छ उनले भने ।
अस्पताल भर्ना हुने बिरामीहरु मध्ये बिरामीको चौथौ कारण टाईफाईड रोग नै रहेको उनको भनाई थियो । टाईफाईड रोग बिरुद्धको औषधी सेवन अभियानलाई सफल पार्नका लागि नगरपालिका स्वास्थ्य शाखाले तयारी तिब्र पारेको छ ।
जस अन्र्तगत आज अत्तरियामा नगरपालिका स्तरिय खोप समन्वय समितिका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतको अध्यक्षतामा नगरपालिका भित्रका बिभिन्न स्वास्थ्य संस्थाका प्रमुख , खोप कार्यकर्ता र जनप्रतिनिधिहरुलाई अभिमुखिकरण तालिम दिइएको हो ।
यस्तै अब समुदायस्तरमा स्वास्थ्य स्वयम सेविका , प्रत्येक बिधालयका एक जना महिला शिक्षिका र बिधालयका प्रध्यानाध्यपकलाई पनि खोप अभियान सम्बन्धि जानकारी गराइने छ । आजको कार्यक्रममा बोल्दै उप प्रमुख रत्ना कडायतले यस अभियानलाई सफल पार्न सबैको साझाँ दायित्व रहेको बताइन् ।
उनले ग्रमिण स्तरका बालबालिकाहरुलाई पनि शत प्रतिशत औषधी सेवन गराउनका लागि नगरपालिकाले सबै पक्षको महत्वपूर्ण सहयोगको अपेक्षा गरेको बताइन् ।
उनले नगरपालिका भित्रका सबै बिकट ठाउँका बालबालिकाहरुले टाईफाईड रोग बिरुद्धको औषधी सेवन गरेमा मात्रै अभियानले सफलता पाउने भएकाले यस तर्फ बढी जोड दिन स्वास्थ्यकर्मीहरुलाई आग्रह गरिन् ।
आजको कार्यक्रममा गोदावरी २ का वडा अध्यक्ष कृष्णराज जोशी , वडा नं ११ का शिव बहादुर बि.क , वडा नं १२ का अध्यक्ष भिम बहादुर खड्का , स्वास्थ्य शाखा प्रमुख नवराज अबस्थी , शिक्षा शाखा प्रमुख बसन्त खत्री , लगायत बिभिन्न बिषयगत शाखाका प्रमुख र स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन तथा सहजिकरण सिनियर अहेब कुंबरले गरेका थिए ।