अत्तरिया - कैलालीको गोदावरी नगरपालीका वडा नं. ४ बन्दगडामा निर्माण भईरहेको बृहत मष्टाधामको सुदुरपश्चिम प्रदेश सांसद चुनकुमारी चौधरी र गोदावरी नगरपालीकाकी उपप्रमुख रत्ना कडायत लगायतको टोलीले अवलोकन गरेको छ । गोदावरी नगरपालिका संगै समर्ग कैलाली जिल्लाको पर्यटन प्रर्वद्धन गरि आर्थिक समृद्वि तर्फ अघि बढाउने उद्देश्यका साथ गोदावरी नगरपालिकाको बिकट ठाँउमा निर्माण भईरहेको बृहत मष्टाधामको बिहिवार प्रदेश सांसद , उपप्रमुख , वडा अध्यक्ष लगाएतको टोलीले अवलोकन गरेको हो ।
प्रदेश सांसद र उप प्रमुख संगै मष्टाधामको अबलोकनमा गोदावरी नगरपालीका वडा नं. ४ का वडाध्यक्ष प्रेमबहादुर भण्डारी, वडा नंं ५ का वडाध्यक्ष कर्ण सिँ बोहोरा, वडा नं. ४ का वडासदस्य बल बहादुर चौधरी, मष्टधाम व्यवस्थापन समितिका अध्यक्ष गणेश साउँद, कोषाध्यक्ष भरत कुमार साउँद , समाजसेवी खम्ब बुढा लगायतको सहभागीता रहेको थियो ।
अवलोकन पश्चात बोल्दै प्रदेश सांसद चुनकुमारी चौधरीले जिल्लाको बिकट ठाउँमा धार्मिक महत्व र इतिहास सहितको मष्टधाम निर्माण हुनु आफैमा नौलो र खुसीको कुरा भएको बताईन । उनले सुदुरपश्चिम प्रदेशको स्थायी राजधानी समेत तोकिएको गोदावरी नगरपालीकामा ऐतिहासिक रुपमा ल्याएको मष्टधामको गुरुयोजना एकदमै राम्रो भएको बताइन् ।
उनले मष्टधाम निर्माण पश्चात यस ठाउँको प्रचार प्रसार हुनुका साथै यो ठाँउ देश बिदेशवाट आउने पर्यटकहरुको पहिलो रोजाई बन्ने बताइन् । यो आफैमा बृहत गुरुयोजना भएकाले मष्टधाम व्यवस्थापन समितिले मात्रै एक्लैले निर्माण गर्न असम्भव हुने हुदाँ सबैको साथ र सहयोग उत्तिकै खाचो रहेको उनले भनाई थियो । यसका लागि आफुले गर्न सकिने पुर्ण सहयोग गर्ने सांसद चौधरीले प्रतिबद्वता व्यक्त गरिन । मष्टधामको अबलोकन गर्दै गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले विश्वको कुनै ठाँउमा निर्माण नभएको मष्टधाम आफ्नो नगरमा बन्नु हामी सबैका लागि गौरवको कुरा भएको बताईन ।
उनले यस क्षेत्रै गौरवको आयोजनाका लागी नगरबाट गत आर्थिक वर्ष ८ लाख र जेसिबिको सहयोग प्रदान गरेको बताइन् । यस्तै उनले चालु आर्थिक वर्षमा पनि नगरपालिका संगसंगै यसका लागि प्रदेश सरकारसँग पनि समन्वय गर्दै जाने बताईन । उनले मष्टधामले पर्यटन प्रर्वद्वन गर्ने मात्र नभई नगरको आयस्रोतमा पनि बृद्वि गरी नगरको विकासमा पनि टेवा पुग्ने बताइन् । यस्तै उपप्रमुख कडायतले मष्टधाम निर्माण भैसकेपश्चात गोदावरी नगरपालिकाको विकट वडाको रुपमा रहेको वडा नं. ४ आर्थिक रुपमा आफै बलियो बन्दै विकास निर्माणका कामले फड्को मार्नेमा उनले विश्वास ब्यक्त गरिन् ।
अन्य सहभागि सबैले मष्टा धाम निर्माण पश्चात भबिश्यमा यसले आन्तरिक तथा बाहृय धार्मिक पर्यटन भित्रयाई गोदाबरी न पा को मात्र नभई कैलाली जिल्लाको समग्र बिकाशमा कोशे ढुंगा साबित हुने बताएका छन् । सहभागिहरुले निर्माणाधिन मष्टाधामसंगै नजिकै रहेको पर्यटकिय ताल राजी तालको समेत अबलोकन गरेका थिए ।
बिभिन्न ब्यक्तिहरुको सहयोगले मष्टधाम व्यवस्थापन समितिका अध्यक्ष गणेश साउँदको पहलमा प्रकृतिक सौर्दयताले भरिपुर्ण रहेको बन्दगडामा मष्टाधामका लागि संरचनाहरु निर्माण भैरहेका छन् ।