अत्तरिया - कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ मा नेपाली कांग्रेसका तर्फवाट युवा नेता शंकर बहादुर खड्काले वडा अध्यक्षको उम्मेद्वार बन्ने घोषणा गरेका छन् । उनले बडाबासीहरुलाई साक्षी राखेर पत्रकार सम्मेलन मार्फत वडा अध्यक्षमा आफ्नो उम्मेदवारी रहेको घोषणा गरेका हुन् ।
मेरो उम्मेदवारी युवा र पहुच नभएका जनताका लागि हो भन्ने मुलभूत उद्देश्यका साथ २०७९ बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा आफुले कांग्रेसवाट वडा अध्यक्षमा उम्मेदवारी दिने पत्रकार सम्मेलनमा जानकारी दिए । उनले आफ्ना प्रष्ट चुनावी एजेण्डा र प्रतिबद्धता सहित जनाता माझँ जाने समेत बताएका छन् ।
जसमा उनले आफ्ना बिभिन्न खाले महात्वपूर्ण एजेण्डाहरु समेत सार्वजनिक गरेका छन् । उनले आफु वडा अध्यक्षमा निर्वाचित भएपछि नेपाल सरकारवाट पाउने कुनै पनि सेवा सुबिधाहरु जस्तै गाडी , तलब , भत्ता ५ बर्ष सम्म नलिने घोषणा गरेका छन् ।
५ बर्ष सम्म आफुले पाउने सेवा सुबिधाहरु प्रत्येक बर्ष छुट्टाछुट्टै क्षेत्र वा समुदायलाई सहयोग गर्ने उनले प्रतिबद्धता जनाएका छन् । जसमा पहिलो बर्षको सेवा सुबिधाहरु वडाका दलित जनजाती समुदायलाई , दोस्रो बर्षको युवाहरुलाई खेलकुदमा प्रेरित गर्न , तेस्रो बर्षको स्वास्थ्य सेवामा , चौथो बर्षको वडाका दिनदुखी , बिपन्न वर्ग , अशाय र आपतकालिनमा र अन्तिम बर्षको सेवा सुबिधा शिक्षामा अक्षयकोषका रुपमा सन्चय गर्ने उनले प्रतिबद्धता ब्यक्त गरेका छन् ।
यस्तै उनले आफु वडा अध्यक्षमा निर्वाचित भईसकेपछि वडा कार्यालयमा जादाँ एउटा कुर्ची र टेबुल आफैले स्वयम घरवाट लगेर जाने र कार्यकाल सकिएपछि वडा कार्यालयलाई हस्तान्तरण गरि रित्तै फर्किने बताएका छन् ।
यसैगरि उनका एजेण्डाहरुमा कुनै पनि योजनाहरु बाडाफाड गर्दा जनताकाृ राय , सल्लाहलाई मध्यनजर गर्दै काम गर्ने , वडामा नश्लसुधार कृत्रिम गर्वाधान पशु किसानलाई निशुल्क सेवा प्रदान , वडामा अन्तरगत ब्यवसाय तरकारी खेती गर्ने किसानलाई निशुल्क विउविजन बितरण गरिने , वडा अन्र्तगतका विकास निर्माणका अधुराकामहरुलाई ५ बर्ष भित्र पुरा गर्ने , ५ बर्ष भित्रमा वडा भित्र शिक्षा , स्वास्थ्य तथा कृषिलाई पूर्ण रुपले विकास गरि नमुना वडा बनाउने रहेका छन् ।
कुनै ठाउँलाई सम्बृद्धि र अध्यारोवाट उज्यालोमा परिणत गर्नका लागि शिक्षा पहिलो स्थानमा राखि म मेरो वडामा शिक्षबिध , शिक्षक ज्यू , ब्यबस्थापन समितिसं प्रत्येक ६ महिनामा बैठक बसेर यस नगरकै नमुना बिधालय बनाउन बिषेश भूमिका खेल्नेछु उनले भने यस वडामा भ्रष्टचारी नेताहरुलाई परास्त गर्ने र समाजको चौतर्फी विकासका लागि मेरो उम्मेदवारी रहनेछ ।
उनले आफ्नो वडामा गुठी संस्थानहरुको उचित ब्यबस्थापन गर्ने , युवाहरुको बचावतका लागि युवा सम्बन्धि खेलकुदका कार्यक्रम , वडाको समृद्धि विकासका लागि बिभिन्न राजनितिक दलहरुका अग्रग , समाजका अग्रज ब्यक्तिहरुसंग समय समयमा बिशेष छलफल गरि अगाडी बढ्ने र हाल सम्म वडा देखी केन्द्रसम्म जनप्रतिनिधिद्धारा कुनै पनि कुरामा आर्थिकको पार्दशिता नरहेकाले आफुवाट आर्थिक पार्दशिता उचित राख्ने उनले प्रतिबद्धता जनाएका छन् ।
उनले वडामा कांग्रेसलाई बलियो बनाउन जिताउनका लागि अन्यपार्टीसंगको गठबन्धन भन्दा बनि आफ्ै पार्टीमा रहेको गुटउपगुटहरुका बिच गठबन्धन हुन जरुरी रहेको बताए । उनले दुई प्यानलमा बिभाजन भएको कांग्रेसले दुवैलाई ५०÷५० गरि समेटेर लगेपछि चुनावमा काँग्रेस बहुमतका साथ बिजयी हुने बताए ।
लामो समयदेखी तरुण दलको नेतृत्व समालिरहेका नेता खड्काले यदी आफ्ना यि एजेण्डाहरु भन्दा कुनै नेताले यो भन्दा राम्र्रा एजेण्डाहरु ल्याएर वडाबासीको हितमा र विकासमा काम गर्ने भए आफू सहमतिका आधारमा पछाडी समेत जान तयार रहेको उनले बताएका छन् ।
उनले वडाका युवाहरुलाई पत्रकार सम्मेलनमा साक्षी राख्दै भनेका छन् यि दाजुभाईको मलाई पूर्ण साथ र समर्थन छ , अब आफू जनता माझँ गएर यि एजेण्डाहरु राख्छु , मन परेपछि सबैले मलाई नेतृत्वमा पुञ्याउनेछन् भन्ने पूर्ण विश्वास छ ।
को हुन् त वडा अध्यक्षका उम्मेदवार खड्का ?
वडा अध्यक्षका उम्मेदवार खड्का लामो समयदेखी नेपाली काँग्रेसको राजनितीमा आबद्ध रहेका छन् । उनी २०५४ सालमै दुर्गालक्ष्मी माध्यामिक बिधालयको नेविसंघ ईकाई अध्यक्ष समेत बनेका थिए ।
.२०५४ सालमा दुर्गालक्ष्मी मा.वि को ने.वि.इकाई अध्यक्ष , २०५६ सालमा श्रीपुर गाविसको तरुण अध्यक्ष र २०७१ सालमा गोदावरी नगरपालिकाको तरुणको नगर सभापतिका रुपमा काम गरिसकेका छन् ।
यस्तै खड्का २०७३ सालमा नेल्टा कैलाली जिल्ला अध्यक्ष , २०७३ सालमा नेल्टाको केन्द्रिय सदस्य , २०६४ सालको प्रतिनिधि सभाको चुनावमा श्रीपुर गाविसको युवा संयोजक , २०७० सालको प्रतिनिधि सभाको चुनावमा गोदावरी नगरपालिकाको सह संयोजक , २०७४ सालको प्रतिनिधि सभाको चुनावमा गोदावरी नगरपालिकाको संयोजक समेत भैसकेका छन् ।
उनी २०७४ सालको वडाको स्थानिय चुनावको यूवा संयोजक , २०७८ सालको पार्टीको आन्तरिक चुनावमा वडा सभापतिमा विजेता र अत्तरिया उद्योग वाणिज्य संघको निर्वाचित सचिव समेत रहेका खड्काले गोदावरी नगरपालिका वडा नं ६ लालपुरमा बिगत १६ बर्षदेखी पशु र कृषि सेवामा पशुप्राबिधिकको रुपमा जनताको घरदैलोमा गई उपचार , कृषिमा सर सल्लाह सेवा दिदै आएका छन् ।