कैलाली -धनगढीको चटकपुरबाट पेस्तोल र सुनका गरगहाना सहित पक्राउ परेका तिन जनालाइ जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको छ । बिहीवार साँझ जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलनको आयोजना गरि घटनाको बारेमा जानकारी दिएको हो ।प्रहरीका अनुसार पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका–६ मटियारीका सञ्जय राणा नामले चिनिँदै आएका सञ्जय राना, सोही स्थानका कमल बिक र रुद्रप्रसाद अधिकारी छन् ।
कैलालीका प्रहरी प्रमुख सुदिप गिरीले पक्राउ परेका राणाको साथवाट चार थान पेस्तोल र सुन सहित पक्राउ परेको जानकारी दिए । उनिहरुको साथबाट प्रहरीले तीन अर्बको एउटै चेक समेत बारामद गरेको छ । यस्तै प्रहरीले डोटी र कैलालीवाट जारी भएका दुई वटा नागरिकता , गोदावरी नगरपालिका , धनगढी उपमाहानगरपालिका, नापी कार्यालय , राष्ट्र बैकका गर्भनर को छाप समेत बारामद गरिएको जानकारी दिएको छ। प्रहरी उपरिक्षक गिरीले भने -धेरै जसो संघ संस्थाका छापहरु, जग्गाको लालपुर्जा, बैंकका चेकहरु लगाएत झण्डै सरकार नै चलाउन सकिने जती कागजातहरु फेला परेका छन् ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरु मिटरब्याजमा रकम लगाउने, जग्गा दलाली गर्ने र साना हतियारको समेत कारोबार गर्ने गरेको खुलेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार राणाले आफ्ना नाममा कुनै पनि कारोवार नराख्ने कारोबारका लागि रुद्रप्रसाद अधिकारीका नाममा अख्तियारी दिने गरेको खुलेको छ ।
राणा घरबाट निस्केपछि गाडीबाट कतै पनि नझर्ने आफ्नो योजना बद्ध ठाउँमा मात्रै ओहर दोहर गर्ने गरेको प्रहरीले बताएको छ । उनले आफ्नो मोबाईल पनि बोक्ने नगरेको बुझिएको छ । पक्राउ परेका मध्ये राना गिरोहका नाइके भएको बताइएको छ । राणा बिगत लामो समय देखी अबैध कारोबार गर्दै आएको खुल्न आएको छ ।
उनको बास्तबिक नाम सञ्जय राणा भएपनी कारोबार गर्न सजिलो होस भन्ने हेतुले उनले आफ्नो नाम सञ्जय राना बनाएका थिए । प्रहरीले धनगढी उपमहानगरपालिका–६ मटियारीमा रहेको उनको घरको खानतलासी समेत गरेको थियो । पहिले समान्य जिबनशैली भएका राणाको पछिल्ला दिनहरुमा जीवनशैली र आर्थिक हैसियतमा एक्कासी परिबर्तन आएको स्थानियले बताएका छन् । सो समूहलाई पक्राउ गर्नका लागि केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)को टोली काठमाडौंबाट कैलाली पुगेको थियो ।