अत्तरिया -सुदुरपश्चिममा नेकपाका बरिष्ट नेता रहेका लेखराज भट्टको अर्का सुदुरपश्चिमकै नेता खगराज भट्टले खुलेर प्रंशशा गरेका छन् । उनले लेखराजको प्रंशशा मात्रै गरेनन् कि थारु अधिकारको लागि अग्र मोर्चामा गएर लड्ने नेता भएको जिकिर समेत गरे । नेकपाका सुदुरपश्चिम सह इन्चार्ज समेत रहेका खगराज भट्टले अर्का नेता लेखराज भट्ट थारुहरुको अधिकारका लागि सधै लडिरहने नेता भएको समेत बताए ।
आज ( बुधबार) लेखराज भट्ट निवास अत्तरियामा आयोजित अटवारी र तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता भट्टले लेखराज भट्टकै पहलमा थारु समुदायका धेरै अधिकारहरु संविधानमा उल्लेख भएको बताए । नेता भट्टले लेखराज भट्ट आफुले बुझेको भन्दा फरक नेताको रुपमा पाउँदै गएको अनुभुती हुन थालेको बताए ।
धेरै अगाडी देखि नेता लेखराज भट्ट र खगराज भट्ट फरक धारमा रहेका भएपनि आज ( बुधबार) लेखराज भट्टकै निवासमा आयोजित अटवारी र तीज विशेष शुभकामना कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै नेता खगराज भट्टले थारुहरुको पर्व, पहाडी समुदायका नेताले आफ्नै आयोजनामा आफ्नो घरमा आयोजना गर्नु भनेको सामान्य नभएको बताउदै लेखराज भट्ट सधै थारुहरुको विरोधी नभइ थारुहरुको अधिकारका लािग सधैं अग्र मोर्चामा गएर लड्ने नेता भएको जिकिर गरे।
टीकापुरमा थारु समुदायद्धारा आयोजित सद्भाव कार्यक्रममा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराइले व्यक्त गरेको धारणाबारे टिप्पणी गर्दै नेता खगराज भट्टले आफु जिन्दगी भर उँहाकै गुटमा रहेर पनि बाबुरामले आफुलाई कहिल्यै संरक्षण नगरेकोले बाबुराम अरुको लागि बोल्ने कुरा कस्मेटिक भएको बताए ।
बिगतमा परस्पर बिरोधी नेताका रुपमा रहेका भएपनी पछिल्ला दिनहरुमा दुबै नेता बिचको दुरी घटदै जान थालेको नेकपाका एक नेताले बताए । अझ बुधबार लेखराज भट्टको निवास अत्तरियाको कार्यक्रममा खगराज भट्ट प्रमुख अतिथी रहनु यस क्षेत्रको नेकपाको राजनितिमामा अर्थ पूर्ण रुपमा समेत हेरिएको छ ।
नेकपाका स्थायि कमिटि सदस्य लेखराज भट्टकी धर्मपत्नी निर्मला भट्टको पहलमा आयोजित अटवारी र तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा कैलालीका सहइन्चार्ज दिपक देवकोटा, कन्चनपुरका सहइन्चार्ज देवीलाल चौधरी, सुदुरपश्चिम प्रदेशका भौतिक पुर्वाधार तथा विकास मन्त्री पठानसिंह बोहरा र कृषि तथा सहरकारी मन्त्री विनिता चौधरी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा नेता लेखराज भट्ट अनुपस्थित भएपनि नेकपा सुदुरपश्चिका अर्का सहइन्चार्ज लक्ष्मणदत्त जोशी, प्रदेश सचिव नेपबहादुर चौधरी, कैलाली कन्चनपुरका इन्चार्जहरु, अध्यक्षहरु, अधिकांस स्थानीय तहका प्रमुख उपप्रमुखहरु ल्गायत पर्टीका सदस्यहरुको ठूलो उपस्थिति रहेको थियो ।