अत्तरिया -कैलालीको गोदावरी नगरपालिका भित्र रहेका होटेल ब्यबसायलाई ब्यबस्थित गर्नु पर्नेमा सरोकारवाला ले जोड दिएका छन् । यँहा सन्चालित होटेल ब्यबसाय भित्र यौन जन्य गतिबिधी बढेको भन्दै स्थानियले चिन्ता ब्यक्त गरेका हुन ।
गोदावरी होटेल ब्यबसायीले आयोजना गरेको अन्त्रकृया कार्यक्रममा सहभागीहरुले अत्तरिया बजारमा सन्चालित कतिपय होटेल भित्र खुलेआम यौन कृयाकलाप हुने गरेकाले अत्तरियाको बदनाम हुँदै गएकोमा चिन्ता ब्यक्त गरेका छन् ।
स्थानिय महिला अगुवा कौशल्या ख्रकवालले होटेल मा हुने गतिबिधीले टोल नै छोडनु पर्ने अबस्थामा पुगेको बताईन । उनले भनिन - 'हामीले ति होटेल ब्यबसायी सँग छलफल गरेर के गर्नु हामी सँग लडन आउँछन्, टोल टोल मा होटेल खोलेर बदनाम गरेका छन् । यो समस्या समाधान गर्न सबैलाई पहल गर्नु पर्यो ।'
कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका मेयर हरि सिं साउँदले उक्त समस्या समाधानको लागी आफु तयार रहेको बताए । 'होटेल ब्यबसायीले ब्यबसाय गर्ने रोजगार दिने हो । तर बिकृती बिंसगती बढाउने होइन,' उनले भने ,'अब यस्तै गर्ने हो भने प्रहरी परिचालन गरेर सुध्रिने मौका दिन्छौ होइन भने समाजबाट नै बहिष्कार गर्ने निती ल्याउँछौ ।'
उनले होटेलहरुलाई मर्यादित भएर सन्चालन गर्न आग्रह गरे । यस्तै कार्यक्रममा बोल्दै ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डिएसपी नबराज पोखरेल ले होटेलमा देखिएका समस्या समाधानको लागी प्रहरी एक्लैले नसक्ने बताए । उनले ब्यबसायी , प्रहरी र स्थानियको सहयोगमा होटेल भित्र हुने यौन धन्दालाई निरुत्साहित गर्नु पर्ने बताए ।
'प्रहरी तपाईंहरुको सहयोगको लागी तयार छ । कति प्रहरी कहाँ खटाउनु पर्ने हो म भोली देखी नै खटाउन तयार छु,' उनले भने,' तर तपाईंहरुले कहिले होटेलमा यस्तो हुँदैछ भनेर सुचना दिनु भयो ? यँहा कुरा गरेर हुँदैन कुन प्रहरीले पैँसा खाएर यस्तो काममा लागेको छ । मलाई भन्नुस म कार्बाही गर्छु । '
उनले सबै मिलेर यो समस्याको समाधान गर्नु पर्ने बताए । गोदावरी होटेल ब्यबसायी संघकी अध्यक्ष धना चोखालले सबै होटेल ब्यबसायीहरुले प्रसाशनलाई सहयोग हुने गरी होटेल सन्चालन गर्नु पर्ने बताईन । उनले आगामी दिनमा पनि होटेल ब्यबसायलाई ब्यबस्थित गर्न सबै को सहयोगको अपेक्षा गरिन ।