अत्तरिया -अत्तरिया साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १३ औँ बार्षिक साधारण सभा आज देखी शुरु भएको छ । गोदावरी २ तेघरीमा रहेको संस्थाको प्रांगणमा सभा शुरु भएको हो । साधारण सभाको खुल्ला सत्रको गोदावरी नगरपालिकाका प्रमुख हरि सिं साउँदले उदघाटन गरे । सभाले १३ सदस्ययी नयाँ कार्य समिती समेत चयन गर्ने छ ।
२०५८ सालमा स्थापना भएको उक्त संस्थाका हाल ४ हजार २ सय ९७ उपभोक्ता रहेका छन् । बनदेबीमा हाल १३ करोड १९ लाख ८० हजार को लगानीमा खानेपानीको ट्याँकी निर्माणाधिन रहेका छन् । जसको क्षमता ४ लाख ५० हजार लिटर रहेको छ । संस्थाका ७ वटा बोर मध्य हाल ३ वटा मात्रै सन्चालनमा रहेका छन् । पानीको सतह सुक्दै गएकाले बाँकी ४ वटा बोरले काम गर्न सकेको छैन।
बनदेबीमा निर्माणाधिन ट्याँकी मार्फत १३ सय ९३ घरधुरीलाई बितरण गरिने योजना रहेको संस्थाका अध्यक्ष टिकादत्त जोशीले बताए । आज साधारण सभामा नियमित कार्यहरु वार्षिक प्रतिबेदन , लेखा प्रतिबेदन लगाएतका बिषयहरुमा छलफल हुने अध्यक्ष जोशीले बताए । उनका अनुसार निर्बाचन सम्बन्धी कार्य प्रारम्भ भने चैत्र १४ गते बाट शुरु हुने छ । चैत्र २६ गते नयाँ कार्य समितीको निर्बाचन हुने छ ।
सहमती को प्रयास जारी
बिगतमा कार्य समिती चयन गर्दा जहिले नि दलिय भागबण्डामा चुनाव हुने अत्तरिया साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा यो पटक भने निर्बाचन नहुने सम्भाबना बढेको छ ।
कांग्रेस को नेतृत्वमा सबै दलमा आस्था राख्ने ब्यक्तीहरुलाई समेटर कार्य समिती बनाउने प्रयास भईरहेको छ । अध्यक्षमा टिकादत्त जोशी नै दोहरिने निश्चित जस्तै बनेको छ । अन्य पदमा दलिय भागबण्डाबाट टुँगो लगाउने गरी छपफल भईरहेको अध्यक्ष जोशीले बताए ।
'छलफल जारी छ ,आज उदघाटन सत्र हुन्छ, त्यसपछि हामी नयाँ कार्यसमिती चयनको बारेमा छलफल गर्छौँ,' अध्यक्ष जोशीले भने,' चुनाव नहुने गरी नै सहमती मै नेत्रित्व चयन गर्नेमा सबै पक्ष सकारात्मक छन् ।'