अत्तरिया- स्थानिय तहको निर्बाचन को मिती नजिकिय संगै राजनीति दलका उम्मेदवारहरुले टिकट को लागि लबिङ शुरु गर्न थालेका छन् । मुख्य दलका उम्मेदवारहरु ले आ- आफ्नो निकट रहेका केन्द्रिय नेताहरु संग टिकट को लागि सम्पर्क बढाउन थालेका छन् ।
गठबन्धन भित्र रहेका दलहरूमा भने स्थानीय तह सम्म नै अलमल कायम नै छ। तर नेकपा एमाले का उम्मेदवार भनेर खुलेर नै आफू निकट नेताहरू संग टिकट को लागि लबिङ गरिरहेका छन् । कैलालीको गोदावरी नगरपालिका मा मेयर को लागि एमाले भित्र आंकाक्षी को संख्या पनि बढदो छ ।
एमालेमा भित्रिएको छोटो समय मा निर्बाचित जिल्ला कमिटी सदस्य बनेका गणेश जिमी साँउदले आफ्नो मेयर मा दाबी रहेको खुलासा गरेका छन् । उनी नेकपा भित्र को बिभाजनपछि एमाले मा आएका हुन्। एमाले मा आएपछि उनले एमाले सचिब एबम सुदुरपश्चिम इन्चार्ज लेखराज भट्ट लाई दरिलो साथ दिएका थिए । गोदावरी न्युज संग कुराकानी गर्दै साउँद ले आफ्नो उम्मेदवारी स्वभाबिक रहेको बताए।
'मैले पार्टी भित्र र समाज को लागि काम गरिरहेको सबैले देख्नु भएकै छ । एक कार्यकाल मेयर बनेर गोदावरीलाई समृद्ध बनाउने योजना छ,'साउँद ले भने,'तर अर्को कुरो पनि छ । म अहिले को नेतृत्व लाई क्रस गरेर मेयर को उम्मेदवार बन्ने होइन । उहाँहरु को समर्थन मा बन्ने हो । अहिलेको मेयर साप हरि सिं साउँद र नगर अध्यक्ष गोकर्ण भट्ट मेरो नेता हुन । उहाँहरुलाइ क्रस गरेर मेरो उम्मेदवारी हुन्न । सर सल्लाह मै हुन्छ।'
उनले आफ्नो उम्मेदवारीलाई धेरैले अस्वभाविक रूपमा लिन सक्ने पनि बताए । उनले भने- 'धेरैलाई अस्वभाविक लाग्ला तर म बलियो उम्मेदवार हो भन्ने सबैलाई थाहा छ। एमालेलाई जिताउन र गोदावरी मा कांग्रेस संग प्रतिस्पर्धा गर्न मेरो उम्मेदवारी हो । त्यो कुरा नेताहरुले पनि बुझेका छन्।'
उनले अहिले कै परम्परागत नेतृत्वको कार्य शैलीबाट गोदावरी समृद्ध नहुने ठोकुवा गरे । साउँद केही महिना अघि सम्पन्न एमाले कैलालीको अधिबेशन मा जिल्ला कमिटी सदस्य मा लोकप्रिय मत ल्याएर भूगोल मा निर्बाचित भएका थिए । उनी स्वास्थकर्मीहरु को संस्था सिएमए संघ को संस्थापक अध्यक्ष हुन । उनकै अगुवाई मा गोदावरी- ४ बन्दगणा मा बृहत मष्टा धाम निर्माण को कार्य शुरु भएको छ । उनको जन सम्पर्क निम्न आय भएका ब्यक्ति र परिवार संग रहेका कारण केही मत मा उनको होल्ड रहने उनी निकट समूह को दाबी छ ।
यदपी एमाले का नेताहरूले साउँद को मेयरमा गरेको दाबीलाई सामान्य कुरा भनेका छन् । एमाले गोदावरी का एक नेताले भने - "उम्मेदवारी दिन पाइयो, चुनाब लडछु भन्न नि पाइयो । तर उम्मेदवार छनौट गर्ने पार्टी को आफ्नै विधि पद्धति छ । त्यसैले उहाँले अहिले नै महत्वाकांक्षी बन्नु जरुरी छैन । एमाले मा धेरै नेताहरू छन् जो मेयर/ उपमेयर बन्न योग्य छन् ।'
साउँद जिल्ला कमिटी मा आएदेखी नै यहाँ का एमालेका सिनियर नेताहरू त्यति धेरै उनलाई नोटिस गर्ने पक्षमा थिएनन् । तर उनले आफ्नो सामाजिक कार्य लाई नगरपालिकाका सबै वडा मा बिस्तार गर्न थालेपछि उनिसंग रहेको जनमत को हिसाब किताब गर्न थालेका छन् । उनी निकट समूह को अनुसार अहिले का मेयर हरि सिँ साउँद को पकेट मतदाता क्षेत्र पनि गणेश जिमी साउँद कै आधार मा निर्धारण हुने हो ।
"अहिले का मेयर साप र गणेश जि को केही मतदाता पनि भूगोल , क्षेत्र र जातिय हिसाब मा उनै हुन," जिमि निकट एक नेताले भने ," तर चुनाव मा उहाँहरु को तालमेल कस्तो हुन्छ भन्ने मा भर पर्छ ।"
साउँदका योजना यस्ता छन :-
नगरपालीका को समग्र बिकासको लागि बिकास निति तथा बिज्ञ बिकास मन्च गठन गरि वडा अनुसार को आवश्यक 'बृहत गोदाबरीयोजना' को सुरूवात गरि कम्तिमा एक हजार जनालाई स्वरोजगार बाताबरण तयार गर्नै ।
शिक्षा - नगर शिक्षा र नगर गान को सुरूवात गर्ने
उधोग - १० देखि १५ बर्ष सम्म नगर कर मुक्त गरि उधोग लाई स्थापना गराउने र ति उधोगमा आवश्यक जनशक्ती नगरबासिलाई अनिवार्य राखु पर्ने निती बनाउने
सिचाई - रिचार्ज हुनेगरी, भुमि माथिको पानी लाई सिंचाईमा प्रयोग गरि खानेपानी तथा टिउबेल बाट सिचाई गर्दा घटदै गएको स्रोत लाई बचाउने निती ल्याउने
पर्यटन - पर्यटन लाई नगरको आर्थिक आर्जन संग जोडने गरी , धार्मिक सर्किट बनाई बिकास गर्ने निती बनाउने
रोजगार - आवश्यक ऐन कानुन निर्माण गरि नगर रोजगार शाखा स्थापना गरी प्रति वडामा कम्तिमा १ सय जनाका दरले रोजगार दिइने
अतरिया - ग्रिन क्लिन अतरीया , झीलीमीली अत्तरिया , सुन्दर चोकलाई आवश्यक बिज्ञको सुझाब अनुसार निर्माण गरिने
मेरो आवाज - बिकास निर्माणमा भएका अनियमितता बारे आवश्यक सुचना दिन र लिन टोल फ्रि नम्बर को ब्यबस्था गरिने
स्वास्थ्य- सरकारी तथा निजि स्वास्थ्य सेवा प्रदायक संस्था को सर्किट निर्माण गरी र सबै नागरीकलाई नगर स्वास्थ्य बिमा मार्फत स्वास्थ्य सेवा प्रदान गरिने
एक घर - एक बत्ती मिटर,एक खानेपानी धारा को ब्याबस्थापन र प्रति दिन चुलोमा खाना पाकाउने बाताबरण मिलाउने ।
सहयात्रा कार्यक्रम- ५ लाख सम्म को योजना लागि नगरपालिका र वडा कार्यालय धाउन नपर्ने नगर कर्मचारीको सहयोग मा स्थानिय स्तरमै भुकतानी चेक दिईने ब्यबस्था मिलाइने
सहज योजना - मेयर, प्रशासकीय प्रमुख, वडा अध्यक्ष, इन्जिनियर, लेखा अधिकृत को टिम सहितको एक संयन्त्र बनाई साना योजना स्थानिय स्तरमै छिनोफानो गरी नगरपालीका र वडा कार्यालय धाउन नपर्ने ब्यबस्था मिलाइने ।
खेलकुद- नगर रंगशाला निर्माण गरिने ।
बन - सामुदायिक बन र जिल्ला बन संग सहकार्य गरि बाताबरण प्रभाब नपर्ने दिन कम्तीमा १० बर्ष मा काठ निकासी गर्न मिल्ने रूख रोपन कार्यलाई तिब्रता दिएर आय स्रोत निर्माण गर्न प्रेरित गर्ने ।
घरमा बसि कर तिरौ - डिजिल सिस्टम बाट घरमै बसि कर तिर्न मिल्ने ब्यबस्थापन गरिने ।