कैलाली - नेपाल साँस्कृतिक संघको स्थानीय पालिका गठन प्रक्रिया अन्तर्गत नेपाल साँस्कृतिक संघ चुरे गाउँपालिका तदर्थ समिति गठन शनिबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।
नेपाली काङ्ग्रेस चुरे गाउँपालिका सभापति हेम बिक्रम शाहको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश सदस्य सुरत रावत डोटेली कान्छाको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो भने नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश सदस्य लक्ष्मी भण्डारी र नेपाली काङ्ग्रेस महासमिति सदस्य धना थापा बिशिष्ठ रहनु भएको थियो ।
सो कार्यक्रममा नेपाली काङ्ग्रेस महासमिति सदस्य धना थापा,नेपाली काङ्ग्रेस प्रदेश सदस्य लक्ष्मी भण्डारी , जिल्ला सदस्य दिलबहादुर भाट, नेपाली काङ्ग्रेस प्रदेश महाधिवेशनद्वय दिर्घ देउवा , प्रेम सुर्जामगर, नेपाली काङ्ग्रेसका क्षेत्र न ४ का निबर्तमान क्षेत्रीय सभापति दिनेशराज जोशी , नेपाली काङ्ग्रेसका निबर्तमान चुरे सह सभापति टिकाराम ढुंगाना,पुर्ब क्षेत्र न ४ का सदस्य कलाधर कडेल, पुर्बजिल्ला सल्लाहकार भोजबहादुर छेडाल, नेपाल शिक्षक संघ सुदूरपश्चिम प्रदेश सदस्य केशबराज ओझा,नेपाल साँस्कृतिक संघका केन्द्रीय सदस्य प्रेम बिबश चन्द,नेपाल तरुण दलका क्षेत्र न।४ का कार्यबाहक अध्यक्ष खगेन्द्र खडायत, चुरे गाउँपालिका वडा न।६ वडा सभापति प्रेम गौतम, वडा न।५ का सभापति जयपाल धामी लगायतले मन्तव्य ब्यक्त गर्नु भएको थियो ।
नेपाली काङ्ग्रेस चुरे गाउँपालिका उपसभापति चक्र बोहरा गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन नेपाली काङ्ग्रेस चुरे गाउँपालिका सचिव प्रदिप मल्लले गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल साँस्कृतिक संघको चुरे गाउँपालिकामा दामोदर रिजालको सभापतित्वमा १३ सदस्यीय तदर्थ समिति चयन गरिएको छ ।
त्यस्तै सदस्यमा धनसरा साउँद,जितबहादुर खडायत,जीवन थापा,कुमार सुर्जा मगर,रघुप्रसाद उपाध्याय ,बुद्धिसागर सापकोटा ,मिलन अधिकारी ,पदम बहादुर खडायत , रोशन बिष्ट,धिरज धामी र प्रदिप नेपाली लाई चयन गरिएको छ ।