अत्तरिया - धनगढीमा प्रधान कार्यालय रहेको बैंकिङ सेवा दिने देशकै पहिलो सहकारी नवजीवन सहकारी सस्थाको अध्यक्षमा देव बहादुर बम विजयी भएका छन् । संस्थाको २८ औं चुनावी साधारणसभाबाट अध्यक्षमा बम बिजयी भएका हुन् ।
बमले आफ्ना प्रतिस्पर्धी रतन बहादुर कठायतलाई १ हजार ३ सय मत बढीले पराजित गरेका छन् । बमले ८ हजार ३९१ मत प्राप्त गरेका छन भने कठायतले ७ हजार ८३ मत प्राप्त गरेका थिए । त्यस्तै सहकारीको उपाध्यक्षमा चेतराज ओझा विजयी भएका छन ।
उनले ७ हजार ३२९ मत प्राप्त गरेका छन् । यसैगरी सदस्यहरूमा इन्दिरा जैशी (८३११), उत्तम जोशी (६९२४), गोपालराज पाठक (६८५७), केशवराज मिश्र (६७८०), डा. महेशराज बिष्ट (६६३०), घन बहादुर शाह (६६११), उपेन्द्र बिष्ट (६४७७), शिवकुमार जोशी फुलारा (६३६४), गणेश बम (६१७२), जयराज जोशी (६१०२) र बिश्वनाथ ओझा (६०१५) मतका साथ बिजयी भएको प्रमुख निर्वाचन अधिकृत डा. लोक बहादुर बिष्टले बताए ।
त्यसैगरी सहकारीको लेखा सुपरिवेक्षणको संयोजकमा ७ हजार १ सय ६५ मतका साथ चेतराज जोशी निर्वाचित भएका छन भने लेखा सुपरिवेक्षण सदस्यद्वयमा ७ हजार १ सय ४१ मतका साथ गणेश प्रसाद उपाध्याय र (७ हजार १५ मतका साथ लक्ष्मीराज पन्त विजयी भएका छन ।
निर्वाचन समितिका अनुसार सहकारी संस्थामा २९ हजार ५ सय ७७ शेयर सदस्य रहेकोमा १७ हजार ८० मत खसेको थियो । उक्त सहकारी संस्था २०५० मा स्थापना भएको हो ।
सहकारीको धनगढीमा केन्द्रीय कार्यालय रहेको छ भने कैलालीको अत्तरीया, सुख्खड, टीकापुर, जोशीपुर, चौमाला, राजपुर, हसुलिया, बर्दियाको बासगढी र कञ्चनपुरको आईविआरडीमा शाखा कार्यालय रहेको छ ।