धनगढी - पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनलाई समाप्त पार्न देशी तथा विदेशी शकितहरुले षडयन्त्र गर्दै आएको बताएका छन। सुदूरपश्चिम प्रदेशको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एउटा ठूलो षडयन्त्र अन्तर्गत संसद विघटन भएको खुलासा गरे ।
अध्यक्षले प्रचण्डले भने ‘विदेशी शक्ति जोडिए, न्यायालय पनि जोडियो । प्रतिक्रियावादी जोडिए । एउटा ठूलो सेटिंग थियो । यसको उद्देश्य माओवादी नेतृत्वलाई नेस्तानाभूत गर्ने एउटा डिजाईन गर्नका लागि गरिएको षडयन्त्र थियो ।’उनले माओवादी जनयुद्धको बलमा प्राप्त संघीय समानुपातिक उपलब्धिलाई उल्ट्याउने सेटिंग अन्तर्गतको षडयन्त्र भएको र सो संघर्षमा केपी ओली एउटा माध्यम भएको उनको भनाई छ।
“यो षडयन्त्रविरुद्ध हामी सडकमा उत्रियौं र जनतालाई संघर्षमा उत्रिन अपील गर्यौं । तर यसपटक सबैभन्दा पहिला नेताहरु नै सडकमा उत्रियौं । जनतालाई अघि सार्ने हैन कि नेतृत्वले नै जनतालाई अपील गरेपछि देशैभरी बिभिन्न तह र तप्काका जनता यो डिजाइनविरुद्ध संघर्षमा होमिए ।" ,उनले भने
प्रचण्डले भने -"लाखौंको संख्यामा जनता आँधीहुरी जस्तै ओइरिएपछि यो देशी विदेशी सेटिंग असफल भएको हो । माओवादी केन्द्रले निर्णायक भूमिका खेलेको हो । नेतृत्वले सशक्त भूमिका नखेलेको भए प्रतिगमन परास्त हुने अवस्था थिएन । त्यतिबेला नेपाली कांग्रेसको अवस्था के थियो त्यो सम्झिँदा हुन्छ । नेपाली कांग्रेसलाई समेत हामीले प्रतिगमनको आन्दोलनमा ल्याउन सफल भयौं ।"
अध्यक्ष प्रचन्डले दोश्रोपटक समेत प्रतिगमनकारीहरुले संविधानमाथि प्रहार भएर संसद विघटनभएपनि कोरोनाका कारण आन्दोलन सम्भव नभएपछि आफुले गठबन्धनको निर्माणको पहल गरेको बताए । ।
:अघिल्लो निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र मधेसका दलहरुले तपाईहरु पार्टी एकता नगर्नुस्, ५ वर्ष प्रधानमन्त्री खानुस भनेर भन्दा मैले नैतिक दृष्टिले त्यो कुरा सम्भव नभएको भन्दै अस्वीकार गरेको हो ,"प्रचण्डले भने ," तर चार वर्ष पुग्दा नपुग्दै केपी ओलीको खलनायक भूमिका र विदेशी शक्तिसामु सम्पूर्ण आत्मसमर्पण गरेपछि हामीले प्रतिगमनविरुद्ध केही समय मिल्ने अवस्था देखिएपछि हामीले जसरी पनि बहुमत बनाउँछौं, तपाई सरकार बनाउनुस् भनेर अनुरोध गर्यौं । यसमा पनि माओवादी केन्द्रको प्रमुख भूमिका थियो ।"
नेपाललाई यहाँसम्म ल्याउन माओवादी केन्द्र र यसको नेतृत्वले कसरी भूमिका खेल्दै आयो भन्ने कुरा सूक्ष्मरुपमा बुझ्नुपर्ने भन्दै उनले कार्यकर्तालाई सम्झाउने प्रयास गरे ।