अत्तरिया - कैलालीको अत्तरियामा जारी महोत्सब सम्पन्न भएको छ । अत्तरिया उधोग वाणिज्य संघले छैठो संस्करणका रुपमा यही फागुन १३ गते उद्धघाटन गरिएको सुदूरपश्चिम प्रादेशिक महोत्सव आईतबार सम्पन्न भएको हो ।
समृद्ध प्रदेशको आधारः कृषि, पर्यटन र व्यापार भन्ने मुल नाराका साथ सुरु भएको महोत्सब २५ गते समापन गर्ने भनिएपनि दर्शक र स्टल ब्यापारीहरुको मागलाई मध्यनजर गर्दै ४ दिन लम्बाइएको थियो ।
अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाको सभापतित्वमा सम्पन्न भएको महोत्सबको कार्यक्रमका प्रमुख अतिथी गोदावरी नगरपालिकाका नगरप्रमुख हरी सिह साउँदले समापन गरेका थिए ।
सोही क्रममा बोल्दै नगरप्रमुख साउँदले मेला महोत्सबले कोरोनाले ठप्प परेको आर्थिक कारोबारलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए । उनले यस महोत्सबले यहाँको कला , संस्कृती र पर्यटन क्षेत्रको विकास र उजागरका लागि महत्बपूर्ण भूमिका खेलेको बताए ।
यस्तै उनले अत्तरिया क्षेत्रमा कुनै पनि कार्यक्रमहरु गर्नका लागि खुल्ला मञ्चको अभाव रहेको कुरालाई आफूले गम्भिर रुपमा लिएर पटक पटक सम्बन्धित निकायसंग कुराकानी गरेको बताए । उनले यसका लागि अझै पनि आफूले काम गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा बोल्दै आयोजक अत्तरिया उधोग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले महोत्सबलाई भब्य र सभ्य रुपमा सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
महोत्सबको नारा नै समृद्ध प्रदेशको आधारः कृषि, पर्यटन र व्यापार रहेको बताउदै उनले अब प्रदेशको बिकास कृषि र पर्यटनवाटै हुने बताए ।
उनले महोत्सब अबधिभर करिब ६५ हजार बराबर दर्शकहरुले अबलोकन गरेको बताए । यस्तै महोत्सब अबधिभर सबै गरेर डेढ करोडको कारोबार भएको बताए । समापन कार्यक्रमको संचालन महासचिब यज्ञराज जोशीले गरेका थिए ।