अत्तरिया - कैलालीको अत्तरिया जारी महोत्सवमा स्थानीय अचारको माग बढ्दो रहेको पाइएको छ । कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. ८ नवदुर्गा टोलका गिरी दम्पत्तिले बनाएको स्थानीय अचारप्रति मेलामा आकर्षण बढ्दै गएको हो ।
अत्तरियाको लामितालको परिसरमा जारी महोत्वसमा दर्शकहरुले निकै रुचाएको आनन्दी अचार मुख्य खाद्य पदार्थबाट बनेको अचार हो । नवदुर्गा टोलका शान्ति गिरी र रामचन्द्र गिरीले विगत ५ वर्षदेखि धनगढी उपमहानगरपालिका वडा नं. ९ मा श्री शान्तिबाटिका फलफुल प्रशोधन उद्योग सञ्चालनमा ल्याएका छन् ।
गिरी दम्पत्तिले अचार व्यवसायबाट वर्षेनी लाखौँ आम्दानी हुने गरेको बताएका छन् । शान्तिबाटिका फलफुल प्रशोधन उद्योग दर्ता गरेर आफ्नो बारीको उत्पादन प्रशोधन गरी व्यवसायिक रुपपा अचार व्यवसायमा लागेका छन् ।
नेपालमा केही काम छैन भनेर विदेशिने युवाहरुको लागि पनि उनिहरु गतिलो उदाहरण बन्न सफल भएका छन् ।बिगतका केही बर्षहरुको विभिन्न ठाउँमा लाग्ने मेला महोत्सवमा समेत स्टल राख्दै आइरहेका छौं ।
अत्तरिया महोत्सवमा आफ्नो अचारको व्यवसाय एकदमै वृद्धि भएको र पहिलेका दिनहरुमा आफ्नो अचार खरिद गर्नेहरुबाट समेत अचार राम्रो भएको प्रतिकृया आएको गिरीले बताए ।
‘धनगढीको हाट बजारबाट समेत अचार विक्री वितरण गरि रहेका छौं’ उनले भने, ‘आफ्नै बारीमा उत्पादन भएका फलफुल प्रशोधन गरेर अचार बनाउने गरेका छौं ।’ वार्षिक १५ लाख सम्म कारोबार गर्ने उनीहरुले अचार व्यवसायबाट मनज्ञ आम्दानी गर्नुका साथै अचार बनाउनका लागि २ जनालाई रोजगार दिएका छन् ।
करिब १४ कट्टा क्षेत्रफलमा ४० बोट आँप, ५५ बोट लिची, १०० बोट कागती, नासपती, अम्बा, करौदा, कटहर लगायत फलफुलबाट विभिन्न परिकारका अचार बनाउने गरेको उनले बताए । अत्तरिया महोत्वसमा अहिले सम्म करिब १ लाख भन्दा बढीको अचार बिक्री भएको उनले बताए ।
अत्तरिया उधोग वाणिज्य संघको आयोजनामा यही फागुन १३ गतेवाट सुरु भएको सुदूरपश्चिम प्रादेशिक महोत्सब यही फागुन २९ गते समापन गरिनेछ ।