अत्तरिया - कैलालीको गोदावरी नगरपालिका मा नेकपा (एकीकृत समाजवादी) पार्टी प्रबेश गरेकाहरु पुनः नेकपा (एमाले) मा फर्किन थालेका छन् ।
सुदुरपश्चिम प्रदेश का भौतिक पुर्बाधार मन्त्री दिर्घ सोडारी , राज्य मन्त्री चुनु कुमारी चौधरी , गोदावरी नगरपालिका कि उपमेयर रत्ना कडायत सहितको टिम बिकासे योजना वडा वडा मा दिने भन्दै समाजबादी मा प्रबेश गराउन सकृय छन् ।
तर समाजबादी मा गएकाहरु पुनः एमाले को नेताहरू को सम्पर्क मा आउने गरेका छन् । समाजबादी प्रबेश गर्नेहरुले ले आफ्नो ठाउँ मा बिकास दिने मन्त्रीहरु बाट आश्वासन आउने गरेकाले केही दिन को लागि प्रबेश गरेको र फेरि चुनाव को बेला एमाले मै फर्किने बताउने गरेको एमाले का एक नेताले बताए ।
उनले भने – “अहिले हामिले नि केही भनेका छैनौ सत्ता को प्रलोभन मा पारेर केही साथीहरू गएका छन् तर उनिहरु हाम्रो पनि सम्पर्क मा छन् । अन्ततः एमाले मा फर्कनु भन्दा अर्को विकल्प छैन।“ गोदावरी २ मा समाजबादी प्रबेश गरेकाहरु पनि एमाले फर्किने तयारी मा रहेको उनको भनाइ छ ।
यता गोदावरी ४ का पांच जनाले आफुहरुलाई फकाएर समाजबादी मा लगेको बताएका छन् । उनिहरुले आज एक प्रेस बिज्ञपति जारी गर्दै आफुहरु एमाले मै रहेको प्रष्ट पारेका छन् । लाल बहादुर साउँद , पदमा साउँद ,सीता देबी साउँद,हरपाल कामी र जगत कामीले बिज्ञप्ती मार्फत एमाले मै रहेको बताएका हुन् ।
राज्यमन्त्री चौधरी र उपप्रमुख कडायत ले नदि तटबन्धन को योजना दिने र उपभोक्ता समिति बनाएर काम गर्ने भनेर बिना जानकारी समाजबादीको टोल कमिटीमा नाम राखेको उनिहरुको आरोप छ ।