बाजुरा - बाजुरा जिल्लामा रहेको त्रिवेणी नगरपालिका नमुना नगर बन्दै गएको छ । सुदूरपश्चिम प्रदेशमा २०७४ असार १८ गते जननिर्वाचित भएका नगरप्रमुख रामसिंह रावलले पदबहाल गरेकै दिन बाजुरा जिल्लाको त्रिवेणी नयरपालिका नेपालको एक देवभूमी भएको हुँदा यसलाई नेपालमै नमुनाको रुपमा चिन्ने गरी समृद्ध र सुखि नगरपालिका बनाएर सुदूरपश्चिमकै नमुना नगरपालिका बनाउने घोषणा गरेका थिए ।
त्रिवेणीमा मदिरा निषेध, नगरमा सडक सञ्जाल, धार्मिक पर्यटनको विकास, विद्यालय गाभ्ने र नमुना बनाउने, एक घर एक धारा, एक घर एक करेसाबारी, शान्त, सुन्दर, सुखी र खुसी नगरबासी भएको समृद्ध त्रिवेणी नगरको पहिलो स्थानीय सरकारले कार्य थालनी गरेको छ । नगरप्रमुख रावलले घोषणा र सपना देखेका त्रिवेणीको मुहार भने गरी परिवर्तन हुन लागेको पाइन्छ । बाजुराका अन्य स्थानीय निकायले समेत त्रिवेणी नगरपालिकाको मोडेलको सिको गर्न थालेका छन ।
नमुना नगर अभियान अघि बढेको छ नगरप्रमुख रावलले भन्ने हामी पदबहाली गरे दिनदेखि मदिरा, जुवातास बन्द गर्न अभियान त्रिवेणीमा चलायौ, नगरबासीले सुरक्षीत महशुस गरे, पैसा जोगियो, स्वास्थ्यमा सुधार भयो, बचत भएको रकम शिक्षामा लगानी भयो, घरपरिवार व्यवस्थीत भयो, समयको सदुपयोग भयो, नगरबासी खुसी भए, सुखको अनुभूति गरे, सन्तुष्ट पनि भए । घरेलु हिंसामा कमी आयो, छोरी विद्यालय जान थालिन, गृहणी माथिको घरेलु हिंसा अन्त्य बताए ।
नगरप्रमुख रावलले भन्नुभएझै त्रिवेणीका सबै वडा त्यहाँका बजार र पसलमा मदिरा बन्द छ, यहि कार्यक्रमबाट प्रभावित भएर छिमेकी बुढीगंगा नगरले समेत मदिरा निषेध गर्ने नगरसभाले निर्णय गरी सकेको छ र अन्य नगर र गाउँपालिकालाई त्रिवेणीको सिको गर्न जन दबाब परेका त्यहाँका जनप्रतिनिधीले बताउने गरेका छन ।
त्यति मात्रै होइन ९७ प्रतिशत किसानको बाहुल्यता रहेको त्रिवेणीमा त्रिवेणी रिङरोडको आयोजना अघि बढेकोले सबै वडाहरु सडक सञ्जालमा जोडिएका छन । नगरप्रमुख रावलका अनुसार सडक सञ्जालमा जोड्न अब वडा नं ५ मात्रै बाँकी छ, केही महिना पछि किम्नी पनि सडक सञ्जालसंग जोडिनेछ ।
नगरप्रमुख रावल भने कुनै बेला टनकपुर र राजापुरको नुन र घरायसी सामान पिठ्युमा बोकेर जीवन चलाएका त्रिवेणीका जेष्ठ नागरिक, महिला, अपांग, बालबालिका लगायत अधिकांश नगरबासीका ढोकैमा यातायातको पहुँच भए पछि सबै खुसी भएका छन । सडक सञ्जाल बनेकोमा महिला, बालबालिका, बृद्धहरुमा अति नै खुसी छायका छन । नगरप्रमुख रावलले प्रत्येक वडा सडक सञ्जाल बिस्तार गर्न डिएफआइडी मार्फत बेलायत सरकारको समेत आफ्नो नगरपालिकामा सहयोग रहेको बताए ।
घर घरमा सिहदरबार भनेको साच्चै रहेछ त्रिवेणी नगरपालिका वडा न. ७ का ९५ वर्ष वृद्ध देउरामे अयडीले बताए । उनले भने हामीलाई आवतजावत गर्न धेरै सजिलो भएको छ । अयडील भने ‘यति मात्रै कहाँ हो र ? नगर प्रमुखले भन्नुभएको एक घर एक धारा, एक घर एक करेशाबारी, सबैलाई सफा पिउने पानी, हाइटेक प्रबिधीबाट तरकारी र अन्न खेती, ठूला र बालमैत्री नमूना विद्यालय, पूर्ण सरसफाइयुक्त नगर, बात्रमैत्री स्थानीय शासन नगर, अपांगमैत्री भौतिक संरचना, भवन निर्माण आचारसंहिता, नगरका लागि जग्गा व्यवस्थापन, आयआर्जनका कार्यक्रम जस्ता थुप्रै उदाहरणीय काम गछु भनेर चुनावको घोषणा पत्रमा लेखेका थिए ति सबै घाषणा पत्रअनुसार त्रिवेणी नगरपालीका मेयर रामसिँह रावलले कामको थालनी गरेका छन ।’
नेपालको भूस्वर्ग भनेर चिनिने बडीमालिका, त्रिवेणी, नाटेश्वरी, कैलाश देवताको स्थल भनेर चिनिएको त्रिवेणी मल्लिकागिरी पर्वतको कोखमा अवस्थित छ, सुदूरपश्चिम प्रदेशको आस्थाको धरोहरको बडीमालिका माताको सानिध्यमा त्रिवेणी कैलाशमाडौ, तोली र छतारा जस्ता प्राकृतिक स्रोतका धनी तत्कालिन गाउँ विकास समितिको योग रहेको थियो । बाजुरा जिल्ला मै सबै भन्दा बढी पशुचौपाया पनि त्रिवेणी नगरपालिका मै रहेका छन । त्रिवेणीमा हिन्दूहरुको आस्थाको धरोहर गौपालनलाई पनि बिषेश प्राथमिकता दिइएको छ । सुदूर पश्चिममै त्रिवेणी नगरले गौ प्रजनन र कृतिम गर्भाधान कार्यक्रम सफल र उदाहरणीय रुपमा सञ्चालन गरीरहेको छ । सो कार्यक्रमका प्राबिधिक मिलन अयडीले भने गाईको नश्ल सुधार हुदैछ ।
त्रिवेणीमा आर्थिक, सामाजिक र सांस्कृति रुपमा छोटो समयमा परिवर्तन भएको कुरा त्रिवेणी वडा नं ७ का सामाजिक अभिएन्ता रतन अयडीले बताए । उनले भने त्रिवेणी नगरपालिका प्रती जनताले निकै राम्रो काम भएको महसुस गरेका छन ।
त्यस्तै सैमाण्डौ लगायत पञ्चपुरी पदमार्ग साबिकको छताराबाट बडीमालिकामा सहज आवतजावत गर्न लागिरहेका त्रिवेणी वडा नं १ का वडा अध्यक्ष प्रभुराज जोशीले बताए । वडा नं ३ का वडा अध्यक्ष मीनबहादुर भण्डारीले त्रिवेणीको बडीमालिका र त्रिवेणी नाटेश्वरीको प्रयटकीय बिकासका लागि केबलकार सेवा बिस्तार गर्न त्रिवेणी नगरपालिकाका ३ वटा स्थानबाट डिपीआर बनाईने छ ।
त्यसै गरी वडा नं ४ का वडा अध्यक्षले नगरको भौतिक व्यवस्थापनका लागि जग्गा व्यवस्थान भएको र यस वर्षबाट नगरका भवनहरु निर्माण हुने बताए । त्रिवेणी धार्मिक आस्थाको केन्द्र नै हो पर्यटन व्यवसायको क्षेत्रमा धार्मिक पर्यटकीय विकासले स्थानीय नगरबासीको आय बढेर जीवन परिवर्तन हुनसक्ने प्रशस्तै संभावना रहेका छन । बडीमालिकालाई नेपाली सेनाले निर्माणको जिम्मा लिएको छ, नाटेश्वरी, मौरे, कैलाशमाडौ, सैमाण्डौ, खिन्नै र बडीमालिका भण्डार गृहमा निर्माण कार्य सञ्चालनमा छन, तिनीहरुको प्रचारप्रसार हुनसके आन्तरिक र बाह्य प्रर्यटकको घुइचो लाग्ने छ ।
त्रिवेणी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र साउदले भने त्रिवेणी धेरै संभावना बोकेको नेपालकै धार्मिक आस्थाको केन्द्र हो, यसको विकासको लागि संघ र प्रदेश सरकारले समेत गुरु योजना बनाएर लगानी बढाउनुपर्छ, यसले बाजुरा लगायत समग्र सुदूरपश्चिमको बिपन्नता घटाउन सहयोग पुग्नेछ निमित प्रमुख प्रशासकीय अधिकृत साउँदले बताए ।
त्रिवेणीमा युवा तथा बालबालिकाको शारिरीक, मानसिक, सामाजिक र संवेगात्मक विकासका लागि मेयर कप, राष्ट्रपति रनिङ शिल्ड, उपमेयरक कप जस्ता विविध खेलकुद प्रतियोगिता बर्षेनी सञ्चालन हुने गरेका छन, त्रिवेणीमा च्याउ उमारे झै संख्यामा रहेका बिद्यालयलाई गाभेर( मर्ज) ठूला नमुना विद्यालय निर्माण योजना अघि बढेको छ, वडा नं १ मा सोहि निती बमोजिम खापरदेवस्थली र नवज्योती आधारभूत विद्यालय गाभिएर छतारादेवी नामको नयाँ विद्यालयको जन्म भएको छ । यो पनि ठूलै उपलब्धी हो, दरबन्दी कमीको कारण कम्जोर शैक्षिक अवस्था उकास्न नसकेर थलिएको दुबै विद्यालयमा अहिले राम्रो पढाइ सञ्चाल भएको छ साउँदले बताए ।
त्रिवेणी नगरका प्रत्येक वडामा स्वास्थ्य केन्द्रहरु स्थापना भइ हाल तिन वटा केन्द्रमा आधुनिक भवनहरुको निर्माण भइरहेको छ ।
विकासमा जनसहभागितलाई बढाउदै लगेका छौ, त्रिवेणी बासीको स्थानीय अनुभव, ज्ञान र सिपलाई त्रिवेणीको चौतर्फि बिकासमा लगाउने प्रयास भइरहेकोछ, सामाजिक, सांस्कृतिक र राजनितीक परनिर्भरतालाई हामीले बिस्तारै घटाउदै चाडै स्वनिर्भर त्रिवेणी निर्माण गर्न सफल हुनेछौ ।
त्रिवेणीले नमुना विद्यालय, नमुना गाउँ, नमुना नगर, नमुना कृषक, नमुना विद्यार्थी, नमुना शिक्षक, नमुना जनप्रतिनिधी, नमुना व्यवसायी, नमुना, समाजसेवी, नमुना सामाजिक संस्था लगायतका दुई दर्जन भन्दा बढी नमुनाका कार्यक्रम बनाइ लागु भैसक्यका छन। सहकारीता र कृषिलाई बिशेष प्राथमिकता दिदै त्रिवेणीले कृषिलाई व्यावसायिक, आधुनिक र बिक्रितुल्य बनाउने प्रयास गरिरहेको छ । सिचाईका लागि भूमिगत सिचाई, पोखरी, लिप्ट, पलाष्टीक पोखरी, स्प्रिङ्कल सिचाईका बैकल्पीक उपाय अपनाएको नगर प्राबिधिक बलबहादुर थापाले बताए ।
बाजुरामा त्रिवेणीमा शान्ती र समृद्धी छाएको टाउनुका साथै महिला, दलित, बालबालिका, अपांगता भएका व्यक्ति, बिपन्न, एकल महिला र पुरुष र जेष्ठ नागरिकको आशा जगाएको छ, महिला सुरक्षित छन, बालिबालिकाको विद्यालयमा उपस्थिति बढेको छ । बिशेष गरी महिला जागृति अभियान सफल हुदै गएको छ नगरपालीका उपप्रमुख राधिका सुनारले बताए ।
बाजुराको त्रिवेणीमा आठ स्थानमा आठ वटा विद्युतीय गृहबाट विद्युत उत्पादन भइरहेको छ र दुई स्थान निर्माण कार्य सञ्चालनमा छ, नगरका इन्जिनियर नबिन साउँदले विद्युत क्षेत्रमा यो नगर नमुना नै रहेको बताए । नगरले स्थानीय विद्युत निर्माण सहकारी मार्फत छिमेकी नगरपालिका र गाउँ पालिकामा बिद्युत बिक्री गर्ने प्रयास गरेको छ, बिस्तारै राष्ट्रिय प्रशारण लाइनलाई बिद्युत बिक्री गर्ने योजना नगरले दृघकालिन योजना पनि बनाएको छ । त्रिवेणीका यी त थोरै प्रयासहरु हुन, मुख्य कुरा त त्रिवेणी नगरले नगरबासीमा सुख, शान्ती र खुसीको अनुभूती दिएको पाईएको छ ।