धनगढी -नेकपा एमालेका महासचिब शंकर पोखरेलले अहिलेको एमाले नेकपा कै निरन्तरता भएको बताएका छन । प्रेस चौतारीले धनगढी मा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
'प्रचण्ड माधब नेपालहरुले नेकपा को एकताको रक्षा हामीबाट मात्रै संभब छ भनेर ब्याख्या गरियो र केपी ओली र हामीहरुलाई नेकपाको एकताको बिपक्षमा रहेको जस्तो पारियो,' उनले भने,' तर ब्यबहारले के देखायो भने एकता को पक्षमा हामी रहेछौं । एकता देखाउने भए त माधब नेपाल र प्रचण्ड एउटै पार्टीमा बस्नु पर्ने हो । बरु हामी सँग माओबादीका राम बहादुर थापा बादल ,लेखराज भट्ट हामी सँग हुनुहुन्छ ।'
उनले एमसीसी को लागी जसले हस्ताक्षर गरेको हो उनिहरुले नै पास गरेको बताए । एमसीसीको व्याख्यात्मक घोषणाको नाममा जनतामाथि भ्रम छरिएको टिप्पणी उनको भनाई रहेको छ। एमसीसीको व्याख्याले कुनै कानुनी मान्यता नपाउने उनको जिकिर छ ।
'एमालेको चाहाना पनि अहिले सत्तामा रहेकाहरुले नै एमसीसी पास गर्नु पर्दछ भन्ने नै थियो । त्यसैको लागी हामी कांग्रेस सँग बार्तामा थियौ,' महासचिब पोखरेल भने,' सम्झुअता गर्नेले जिम्मा लिनु पर्दछ भन्ने कुरामा हामी सफल भएका छौं । यदपी हामी त्यो प्रकृयामा हामी थिएनौ ।'
'सत्तामा बस्नेहरु सरकारमा पनि बस्ने र सडकमा रमिता देखाउने कुरो संसदिय पद्दतीमा मेल खाने कुरो थिएन। अब उनिहरु एकै ठाउँमा आएका छन त्यो एमाले ले गराएको छ.' उनले भने।'
उनले सभामुख अग्नि सापकोटा राजनीतिक पूर्वाग्रही बनेको आरोप लगाए । एमसिसी टेबल गर्नुपरे आत्महत्या गर्छु भन्ने सभामुखको नियत के थियो भन्ने अहिले भने राजनैतिक पूर्वाग्रही पुष्टि भएको उनको भनाई छ।
उनले सरकार परिबर्तनमा एमालेको रुची नभएको बताए । एमाले ठुलो दल भएकाले कांग्रेस को नेत्रित्वमा एमाले सरकारमा नजाने उनको भनाई छ ।